१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

संक्रमित भेटिएपछि स्वास्थ्य कार्यालय बन्द

सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय रोल्पा ।

स्वास्थ्य कार्यालय रोल्पामा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि हाललाई उक्त कार्यालयबाट प्रबाह गरिने सेवा बन्द गरिएको छ। जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत ९९ जना कर्मचारीमा गरिएको परीक्षणमा एक जनाको मात्र संक्रमण पुष्टि भएको थियो।  

स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिले हाललाई ईमरजेन्सी बाहेकका अन्य सेवा बन्द गरिएको बताए। ‘हामी सबै कर्मचारीहर होम क्वारेन्टिनमा छौ। संक्रमित पनि होम आइसोेलेसनमा हुनुहुन्छ ।’ केसिले भने ‘आत्तिनु पर्ने अवस्था छैन।’  

गत साता रोल्पा शून्य कोरोना संक्रमित बनेको भएको थियो। अहिले सम्म रोल्पामा देखिएका ८३ जना संक्रमितमध्ये ८२ जना निको भएर घर गएका छन्। प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले पनि संक्रमण देखिएपछि हाललाई स्वास्थ्य कार्यालयको सेवा बन्द गरिएको बताए।

प्रकाशित: २५ भाद्र २०७७ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App