२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

एकपटक निको भइसकेपछि कहिलेसम्म फेरि कोरोनाले छुँदैन ?

आइसल्यान्डमा कोरोनाबाट मुक्त मानिसमा गरिएको एक अध्ययनले ‘एन्टिबडी’ (भाइरससँग लड्ने शक्ति) का विषयमा खुसीको खबर प्राप्त भएको छ ।  

बिबिसीका अनुसार कोरोना संक्रमण लागेर निको भएका ३० हजार जनामा गरिएको अध्ययनले कोरोना संक्रमणपछि शरीरमा बन्ने ‘एन्टिबडी’ ले कम्तीमा चार महिना काम गर्ने देखाएको हो ।  

आइसल्यान्डस्थित जेनेटिक्स कम्पनीले गरेको यो अध्ययन द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ ।

यसअघिका सीमित अध्ययनले कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडी केही समय मात्र रहने देखाएकामा यति लामो समयसम्म यो बलियो रहन्छ भनेर निष्कर्ष निकाल्ने यो नै पहिलो अध्ययन हाे ।  

अध्ययनको सम्पादकीयमा यो नतिजाले कोरोना भाइरसविरुद्ध शरीरमा बन्ने प्रतिरक्षा शक्ति त्यति चाँडै निष्क्रिय बन्दैन भन्ने आशा जगाएको उल्लेख छ । स्राेत : बिबिसी

प्रकाशित: १८ भाद्र २०७७ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App