१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बारबराले स्वास्थ्यकर्मीलाई सम्मान गर्ने

 बारबरा फाउन्डेसनले कोरोना भाइरस संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन उनीहरूलाई सम्मान गर्ने भएको छ। फाउन्डेसनले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका र देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कोरोनाविरुद्ध कार्यरतमध्येबाट उत्कृष्ट ठहरिएका चिकित्सक तथा नर्सलाई विशेष सम्मान प्रदान गर्ने जनाएको हो।

फाउन्डेसनले सम्मानसहित दुई÷दुई लाख रूपैयाँ प्रदान गर्नेछ। त्यस्तै, सुरक्षाकर्मीको हकमा यो राशि एक÷एक लाख रूपैयाँको हुनेछ। चिकित्सक तथा नर्सहरूको छनोट गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एसोसियसनका अध्यक्ष लोचन कार्की र नेपाल नर्सिङ् परिषद्का अध्यक्ष गोमादेवी निरौला श्रेष्ठलाई निर्णायक समितिमा बस्न फाउन्डेसनले आग्रह गरेको छ। फाउन्डेसन विशेष सम्मान कोरोना रोग नियन्त्रणमा सक्रिय चिकित्सासम्बन्धी संस्थालाई पनि प्रदान गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १६ भाद्र २०७७ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App