१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कलेजाे बिग्रे पनि प्रत्यारोपण गर्न नपर्ने विकल्प पत्ता लाग्यो : वैज्ञानिक

सुँगुरमा गरिएको एक अनुसन्धानले मानिसमा पनि कलेजो बिग्रिए प्रत्यारोपण गरिरहन नपर्ने विकल्प पत्ता लागेकाे अमेरिकाका वैज्ञानिकले दाबी गरेका छन् ।  

पिट्सबर्ग युनिभर्सिटीका वैज्ञानिकले कलेजो बिग्रिसकेका ६ वटा सुँगुरमा नयाँ कलेजो विकास गर्न सकिएको बताएका हुन् ।  

न्युयाेर्क पाेस्टका अनुसार उनीहरू ती सुँगुरका लसिका ग्रन्थी (लिम्प नोड) मा पूर्ण आकारको कलेजो विकास गर्न सफल भएका हुन् । यस विधिबाट कलोजोमा आफैंलाई विकास गर्ने क्षमता भएको पत्ता लागेको वैज्ञानिकले बताएका छन् ।

रिपोर्टअनुसार वैज्ञानिकले ती सुँगुरको शरीरमा रहेको बिग्रिसकेको कलेजोको कोशिकाको एउटा हिस्सा, जसलाई हेप्याटोसाइट्स भनिन्छ, लाई सुँगुरको लसिका ग्रम्थीमा प्रत्यारोपण गरे । जसबाट नयाँ कलोज विकास भएको हो ।  

अनुसन्धान गर्ने वैज्ञानिक डा. एरिक लागेसले भने, ‘हेप्याटोसाइट्सलाई सही ठाउँसम्म पुर्‍याउन सकियो भने त्यसले नयाँ कलेजो विकास गर्ने रहेछ।’

त्यसरी सुँगुरमा गरिएको कलेजोलाई केही समयपछि अध्ययन गर्दा पुरोनाभन्दा अलि ठूलो र अझ प्रभावकारी पाइएको वैज्ञानिकले बताएका छन् ।

प्रकाशित: १२ भाद्र २०७७ ११:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App