१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानलाई मुख्यमन्त्रीको निर्देशन 'समन्वयमा काम गर्नुस्, क्षमता बढाउनोस्'

कोभिड कहरका बेला वीपी प्रतिष्ठान धरान र प्रदेश १ सरकारबीच समन्वय नभएको गुनासो प्रदेश सरकारका अधिकारीले बारम्बार गर्दै आएका छन्। प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे वीपी प्रतिष्ठानले असहयोग गरेको मन्त्रालयका अधिकारीहरुसँग गुनासो गरिरहन्छन्। यहीबेला मुख्यमन्त्री शेरधन राईले वीपीका पदाधिकारी बोलाएर समन्वयमा अघि बढ्न निर्देशन दिएका छन्।

मंगलबार कार्यकक्षमै पदाधिकारीहरुसँग मुख्यमन्त्री राईले कुरा गरेका हुन्। प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल गरेका हुन्।

मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य विरामीहरुलाई छुट्टाछुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। उनले विरामीहरुको राम्रो उपचार गराउन र आएका विरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिएका हुन्।

तत्काल पिसिआर परीक्षणको दायरा बढाउन निर्देशन दिदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निमार्ण गर्न मुख्यमन्त्री राईले पदाधिकारीलाई भनेका छन्। उनले पाँच सय क्षमताको आइसोलेसन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशिघ्र बनाउन पदाधिकारीहरुलाई निर्देशन दिएको कार्यालयले जनाएको छ।

मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका थिए। छलफलमा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए। 

प्रकाशित: ९ भाद्र २०७७ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App