वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत ४ जना नर्सको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ।
प्रतिष्ठानको एमआइसियुमा कार्यरत ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। उनका अनुसार एमआइसियुमा उपचाररत एक महिलालाई संक्रमण पुष्टि भएको थियो। ती महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षण गर्दा थप ४ जना नर्समा संक्रमण पुष्टि भएको हो। यसअघि शुक्रबार पनि २ जना नर्सको पिसिआर रिपोर्ट पोजेटिभ आइसकेको थियो।
प्रवक्ता डा. सापकोटाका अनुसार उपचाररत महिलालाई संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरु आइसोलेसनमा बसेका थिए। ती मध्येमा थप ४ जना नर्समा संक्रमण पुष्टि भएको उनले बताए।
प्रकाशित: ३२ श्रावण २०७७ १३:४९ आइतबार





