१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

फिल्टरवाला मास्क नलगाउन सल्लाह

विश्वका धेरै ठाउँमा फिल्टरवाला मास्क नलगाउन सल्लाह दिन थालिएको छ ।  

अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख स्वास्थ्य अधिकारीले स्थानीय नागरिकलाई फिल्टरवाला मास्क नलगाउन चेतावनी दिएका छन् । किनकि प्वाल (फिल्टर) भएको त्यस्तो मास्कबाट अरूलाई कोरोना भाइरस सर्ने जोखिम हुन्छ ।  

प्राध्यापक ब्रेट सटनले ट्विट गर्दै भनेका छन्, ‘त्यस्तो मास्कले आफूमा भएको कोरोना भाइरस साससँगै बाहिर छाड्छ । जसले तपाईंलाई त सुरक्षित राख्न सक्छ तर आफूलाई संक्रमण छ भने अर्काे व्यक्तिलाई असुरक्षित बनाउँछ ।’

फास्ट कम्पनीका अनुसार सुरुको समयमा जुन मास्क बनाइएको थियो, त्यो कारखाना र कोइला खानीमा लगाउनका लागि बनाइएको थियो । यसमा जुन फिल्टर अर्थात् प्वाल राखिएको छ, त्यसले लामो समयसम्म लगाउन सकियोस् र धुलो छेकोस् भन्ने उद्देश्य थियो ।  

प्रकाशित: १९ श्रावण २०७७ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App