१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा २ शिक्षक र वडा सचिवसहित ३४ जना कोरोना संक्रमित थपिए

दुई साता स्थिर रहेको कपिलवस्तुमा फेरी एकै पटक ३४ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार जिल्लाको शिवराज नगरपालिकामा कोभिड १९ का ३४ जनामा कोरोना पुष्टि भएको हो । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७ सय ९६ पुगेको छ । फेला परेका मध्ये २८ जना पुरुष र ६ जना महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

फेला परेका मध्ये २ शिक्षक र एक नगरपालिकामा कार्यरत वडा सचिव समेत रहेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । संक्रमित मध्ये भारतबाट आएका १२ जना, दुबईबाट आएका ४ जना, कतारबाट आएका ३ तथा साउदी अरेबियाबाट आएका २ जनामा कोरोना पुष्टि भएको हो । बाँकी १३ जना समुदाय स्तरका रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । ८५ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परीक्षण गरिएको हो ।  

फेला पारेका ३४ जना मध्ये २४ जना होम क्वारेन्टिनमा बस्ने गरेका छन् । बाँकी १२ जना भने समुदायस्तरकै हुन् । समुदायस्तर मै संक्रमण देखिएपछि कपिलवस्तुमा त्रास बढेको छ । लकडाउन खुकुलो भएपछि जिल्लामा चलहपहल समेत बढेको छ । भीडभाड गर्ने, मास्क नलगाई हिँड्ने गरिएकाले समेत अब कपिलवस्तुमा फेरी कोरोना फैलने खतरा बढेको स्वास्थ्यकर्मी बताउँछन् । यसअघि भेटिएका ९५ प्रतिशत बढी भारतबाट फर्कर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको थियो ।  

७ सय ९६ संक्रमित भेटिएको कपिलवस्तुमा ७ सय ४८ जना निको भई घर फर्किसकेका छन् । बाणगंगा नगरपालिकामा ६ जना शिवराज नगरपालिकामा ४० जना तथा बुद्धभुमीमा २ जना आइसोलेसनमा उपचाररत छन् । जिल्लामा ८ हजार ५५१ जनाको स्वाब संकलन गरिएको थियो ।

प्रकाशित: १३ श्रावण २०७७ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App