coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

'आफ्नै लागि मास्क लगाऊ'

सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि संखुवासभामा ‘आफ्नै लागि मास्क’ अभियान सुरु गरिएको छ । उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सर्वसाधारणलाई मास्क प्रयोगको बानी बसाउन अभियान थालिएको हो ।

सदरमुकाम खाँदबारीका उद्योगी व्यवसायी र प्रहरीले सचेतना फैलाउने क्रममा शनिबार खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा मास्क प्रयोग नगर्नेहरूलाई कोरोनासँग बच्न सामाजिक तथा भौतिक दूरी कायम गर्दै नियमित मास्क प्रयोग गर्न आग्रह गरिएको थियो । सो क्रममा स्थानीय व्यवासायी र प्रहरीहरूले मास्क प्रयोग नगर्नेलाई निःशुल्क मास्क वितरण गरेका थिए । अभियानको पहिलो दिन खाँदबारी बजारमा दुई हजारभन्दा बढी मास्क वितरण गरिएको संघ उपाध्यक्ष कृष्णभगत प्रधानले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार लकडाउन खुलेसँगै जिल्लामा लापरवाही पनि बढ्दै गएकाले सम्भावित जोखिमलाई ध्यान दिँदै ‘आफ्नै लागि मास्क लगाऊ’ अभियान सञ्चालन गर्नुपरेको बताए । उनका अनुसार पहिलो चरणमा मास्क प्रयोग नगर्नेलाई सम्झाउने र यसपछि कारवाही गर्ने योजना रहेको जानकारी दिए । 'आफ्नै लागि मास्क लगाऊ’ अभियानलाई खाँदबारी नगरपालिकाले पनि सहयोग गर्ने नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए ।

प्रकाशित: १० श्रावण २०७७ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App