१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं उपत्यकामा दिनदिनै थपिँदै संक्रमित, आज पनि २८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या दिनदिनै थपिन थालेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा फेरि २८ जना कोरोना संक्रमित थपिएका हुन् ।  

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा काठमाडौं जिल्लाका १४, ललितपुरका १० र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो मात्रै उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभर २०४ जना कोरोना संक्रमित थपिएका छन् । योसमेत अहिलेसम्म संक्रमितको कूल संख्या १६ हजार १ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ ।  

प्रकाशित: २३ असार २०७७ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App