१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आज तीन सय १२ काेराेना संक्रमित डिस्चार्ज

आज तीन सय १२ जना कोराेना संक्रमित डिस्चार्ज भएका छन् । महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले जनाएका छन् ।   याेसँगै डिस्चार्ज हुनेकाे संख्या  २ हजार ६ सय ५०  पुगेकाे छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ, जसमा महिला १ हजार १ सय ४२ र पुरुष १ हजार २० जना रहेका छन् । बिहीबार महिला ४८ र पुरुष ३ सय ८६ गरी ४ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता ढा. गौतमले बताए ।

गत २४ घण्टामा पिसिआर विधिबाट बिहीबार ६ हजार ५ सय ४३ गरी आजसम्म १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण भएको छ । यस्तै, आरडिटी विधिबाट बिहीबार ४ हजार १ सय ६७ गरी आजसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण भएको छ ।

हाल देशभरका क्वारेन्टिनमा ७४ हजार २२ जना रहेका छन् । यस्तै, ८ हजार ४ सय २२ जना आइसोलेसनमा रहेका छन् ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो ।  

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मधुमेहका बिरामी स्याङ्जाको आँधिखोला–१ का ५५ वर्षय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएका ती पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियूमा उपचारकै क्रममा हिजो मृत्यु भएको हो ।  

यस्तै, ललितपुरको महालक्ष्मी ५ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । ५ महिनाअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गराएका  ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित: ११ असार २०७७ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App