१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आइसोलेसनमा बसेकालाई मनोविमर्श सेवा

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा बसेकालाई मनोविमर्श सेवा दिन थालिएको छ । आइसोलेसनमा बस्दा विभिन्न खालका तनाव हुने भएकोले एक सातादेखि नियमित रुवमा मनोविमर्श सेवा प्रदान गरिर्दै आएको हो ।

कर्णाली स्वास्थ्य प्रतिष्ठानको आइसोलेसनमा हाल तीन जना कोरोना संक्रमित छन् । दुई जना पुरुष र एक जना महिला आइसोलेसनमा बसेको अस्पताल निर्देशक डा. मंगल रावल बताउँछन् । टिपिओ नेपालका मनोविमर्शकर्ता नन्दराज आचार्यले आइसोलेसनमा मनविमर्श सेवा दिइरहेको अस्पतालले जनाएको छ । उनीहरुलाई नियमित रुपमा दिउँसो १२ बजेदेखि १ बजेसम्म मनोविमर्श सेवा प्रदान गरिएको हो ।

बेलुकाको समयमा फोन गरेर मनोविमर्श सेवा दिने गरेको मनोविमर्शकर्ता नन्दराज आचार्य बताउँछन् । नोबेल कोरोना भाइरस कोभिड १९को संक्रमणको आशंकामा आइसोलेसनमा राखिएका ब्यक्ति तनावमा हुने भएकोले तनाव कम गर्न मनोसामाजिक परामर्श सेवा दिन थालिएको हो ।

आइसोलेसनमा बसेका व्यक्तिमा मानसिकरुपमा पर्ने असर न्यूनीकरणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मनोसामाजिक परामर्श दिन सुरु गरेको हो । मनोविमर्श सेवा पाएपछि तनाव कम भएको आइसोलेसनमा बसेकाहरु बताउँछन् ।

कोभिड-१९ संक्रमणको त्रासले मानिसमा जतिखेरै डरचिन्ता लाग्ने,भोक, निन्द्रा नलाग्ने, मुटुको ढुकढुकी बढ्ने,बेचैनी र उदासीनता जस्ता मनोसामाजिक समस्या भइरहेको छ । मनोविमर्शकर्ता आचार्य भन्छन्,‘यो समस्यालाई रोग भन्न सकिँदैन । समस्या बढ्दै जाँदा भविष्यमा डिप्रेसनलगायत गम्भीर खाले मानसिक रोगी बनाउने गर्छ । त्यसैले समयमै मनोविमर्श सेवा दिने काम भइरहेको छ ।’

कोभिड-१९ नयाँ भाइरस भएकाले नेपालमा अहिले यसको मानसिक पाटोबारे कुनै अध्ययन भइसकेको छैन । कोराना संक्रमितका कारण हुन सक्ने मानसिक समस्याका बारेमा अध्ययन अनुसन्धान हुन जरुरी देखिएको छ । यसअघि चन्दननाथ नगरपालिका १ देखि १० वडासम्म क्वारेन्टिनमा बसेका व्यक्तिलाई मनोसामाजिक परामर्श सेवा दिइएको थियो । चन्दननाथ १ देखि १० वडामा निमार्ण गरिएको क्वारेन्टिनमा ९८ जना व्यक्तिहरु बसेका थिए । उनीहरुलाई चन्नदनाथ नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको थियो । जुम्लाका क्वारेन्टिनमा हाल ६५ जना मात्र छन् ।

प्रकाशित: ९ असार २०७७ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App