१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

महामारी सकिएको छैन, सतर्कता अपनाऔं : डब्लुएचओ

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सतर्कता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।  

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले बन्दाबन्दी (लडकडाउन) खुकुलो बनाए पनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अपिल गरेका छन् । लकडाउन खुकुलो बनाएसँगै सर्वसाधारणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाटलगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आआफ्ना तर्फबाट थप सतर्क हुनु जरुरी रहेको बताए ।  

उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्ना तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता आंैल्याए  । उनले मानिसको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुन पानीले हात धुन पनि आग्रह गरे ।

प्रकाशित: ८ असार २०७७ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App