१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमित तीन जना अस्पताल भर्ना

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन जना कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका २१÷२१ वर्षका दुई युवा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४५ वर्षीय एक पुरुषलाई शुक्रबार कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको हो । केही समयअघि मात्र भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएका उनीहरूलाई बिहीबार कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए । उनीहरूलाई नगरपालिकाको व्यवस्थापनमा बिहीबार राति साढे तीन बजे अस्पताल पु¥याएर भर्ना गरिएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले बताए ।  

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनै युवाको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीसँगै यात्रा गरेका एवं भारतबाट आएका ३३ जनाको स्वाब संकलन गरेर जेठ १७ गते पिसिआर परीक्षणका लागि विराटनगर पठाइएकोमा पोजिटिभ रिपोर्ट आएको हो ।  

कामका सिलसिलामा भारतको कानपुर पुगेका बाहुनीडाँडाका दुई युवा गत जेठ ११ गते गाउँ आइपुगेका हुन् । यस्तै, दुर्छिमका एक पुरुष भारतबाटै जेठ १६ गते गाउँ आइपुगेको नगरपालिकाका मेयर इवन राईले बताए । भारतबाट आएपछि उनीहरू सामाजिक सम्पर्कमा पुग्न नपाएका कारण अन्यलाई जोखिम नभएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित: २३ जेष्ठ २०७७ १७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App