१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

संक्रमितको सम्पर्कमा रहेका ३१ जनाको स्वाब संकलन

बैतडीको पाटनमा कोरोना संक्रमण पुष्टि भएका पुरुषको प्रत्यक्ष सम्पर्कमा रहेका ३१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । सोमबार पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा रहेका पाटन नगरपालिका ८ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको सोमबार राती नै थ्रोट स्वाब संकलन गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । क्वारेन्टिनमा बसेका २६ जना, क्वारेन्टिनमा खाना पकाउने भान्छे, स्वास्थ्यकर्मीसहित ३१ जनाको स्वाब संकलन गरी प्रादेशिक अस्पताल, धनगढी पठाइएको छ ।

कोरोना संक्रमित ती पुरुष यही जेठ ८ गते भारतको मुम्बईबाट नेपाल आएका थिए । पहिलो चरणमा संक्रमित पुरुषको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको थ्रोट स्वाब संकलन गरिएको भए पनि उनको सम्पर्कमा रहेका अन्यको पनि खोजी भइरहेको महराले बताए । कोरोना पुष्टि भएका पुरुषको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचार भइरहेको छ । 

प्रकाशित: २० जेष्ठ २०७७ ०७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App