१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उपचारमा सघाउँदै संक्रमित स्वास्थ्यकर्मी

विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा धनकुटाका चार जना स्वास्थ्यकर्मी उपचाररत छन्। आफैं उपचारका लागि आएको भए पनि उनीहरू अस्पतालमा बिरामी बनेर बसेका छैनन्।  

स्वास्थ्य अवस्था सामान्य भएकाले धनकुटाका स्वास्थ्यर्मीले कोभिड उपचार केन्द्रका संक्रमितको उपचार र परामर्शमा अस्पतालका स्वास्थ्यकर्मीलाई सघाइरहेका छन्। धनकुटा अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीहरू कार्यक्षत्रमै कोरोना संक्रमित भएका थिए। जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्याक टे«सिङका आधारमा गरिएको स्वाब परीक्षणमा थप ६ जनामा समेत कोरोना संक्रमण देखियो। संक्रमण पुष्टि भएकामध्ये धनकुटाका चार स्वास्थ्यकर्मी कोभिड अस्पतालका अन्य संक्रमितसँगै उपचारका क्रममा छन्।  

तर आफैं उपचारका क्रममा रहे पनि उनीहरूले अन्य संक्रमितको स्वास्थ्य परीक्षणका विभिन्न कार्यमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको कामलाई सघाउँदै आएको अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए। उनका अनुसार ती स्वास्थ्यकर्मीको सहयोगले दुई सय रुपैयाँको सुई लगाउन ६ हजार रुपैयाँ मूल्यको पिपिई लगाएर जानुपर्ने बाध्यता हटेको छ।’ 

प्रकाशित: २० जेष्ठ २०७७ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App