६ चैत्र २०८० मंगलबार
स्वास्थ्य

पम्प मजदुरहरुको कोरोना परीक्षणको माग

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम व्यवसायीहरु र पेट्रोल पम्पहरुमा काम गर्ने मजदुरहरु, चालक सहचालकहरुको कोरोना परीक्षणको वन्दोवस्त मिलाउन सरकारसँंग माग राखेको छ । 

जेठ ९ र १२ गते बसेको एसोसिएसनको भिडियो कन्फरेन्समार्फत् सम्पन्न भएको केन्द्रीय कार्यसमितिको बैकठको निर्णय अनुसार अतिआवश्यक वस्तुको कारोबार गर्नुपर्ने र त्यस क्रममा विभिन्न व्यक्तिहरुसँग प्रत्यक्ष सम्पर्कमा जानुपर्ने भएकोले पीसीआर प्रविधिबाट श्वाब परीक्षणको व्यवस्था मिलाउन नेपाल आयल निगम लिमिटेडसँंग माग राखेको हो ।  

सोमबार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशकसक्षम मागपत्र प्रस्तुत गरी उक्त माग गरेको हो । मागपत्रमा अहिले लकडाउनको अवस्थामा पम्पमा बस्ने कर्मचारीहरुलाई तलव नै भुक्तानी गर्न नसकेको कारण यो अवधिसम्मको तलब नियमगको तर्फबाट वन्दोवस्त गरिदिन लगायतका आठवटा मागहरु रहेका छन् । 

मागपत्रको बोधार्थ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र सचिवलाई पनि पठाइको अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।  

प्रकाशित: १२ जेष्ठ २०७७ १५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App