१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा संक्रमित क्षेत्रका ४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङ

कोरोना भाइरसको संक्रमित फेला परेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ४३ जनाको पिसिआर रिपोर्ट नेटेटिभ आएको छ । काठमाडौंबाट गत वैशाख १२ गते आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनका परिवारका आठ जना, उनी सँगै बसमा यात्रा गरेका व्यक्ती, उनको प्रत्यक्ष सम्पर्क र भेटघाटमा पुगिसकेका छिमेकी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको स्वाव संकलन गरेर परिक्षणका लागि पठाइएकामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । गत मंगलबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा पठाइएको स्वावको पिसिआर रिपोर्ट शुक्रबार राती आएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।  

संक्रमित युवासँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा पुगेका व्यक्तीकै रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमण भए÷नभएको यकिन गर्नका लागि नगरपालिकाबाट बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ३३ जनाको स्वावमध्ये एक युवाको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना संक्रमित फेला परेपछि नगरपालिका सहित जिल्लाभर त्रास सिर्जना भएको छ । संक्रमित युवासँग सम्पर्कमा पुगिसकेका अन्य व्यक्तीको पनि पहिचान गरेर पिसिआर परिक्षणका लागि कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।  

शहरमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका स्थानीयलाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा राई थरका युवा बा ४ ख २२११ नम्बरको बसमार्फत गाउँ आएका थिए । सो बसमार्फत उनी सहित ३८ जना नगरपालिका भित्रिएका थिए । पेप्सीकोला बसेर एक फाइनान्समा काम गर्दैआएका उनी होम क्वारेन्टाइनबाट निस्किएपछि गाउँकै आहाल निर्माण, खानेपानीको ट्यांकी सरसफाई लगायतका सामाजिक काममा खटिएका थिए । आहाल खन्नेक्रममा १२ जना र ट्यांकी सफा गर्दा १५ जनाभन्दा बढि छिमेकीसँग उनको प्रत्यक्ष सम्पर्क भएको थियो । तर, उनीहरु सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बसमा सँगै एउटै सिटमा यात्रा गरेका व्यक्तीको पिसिआर रिपोर्ट समेत नेगेटिभ आएको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए ।  

संक्रमित युवाको मंगलबारदेखि बिराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा कुनै पनि लक्षण देखिएको छैन । कोरोना संक्रमित फेला परेसँगै हलेसी तुवाचुङ नगरपालिकालाई सिल गरिएको छ । संक्रमित फेला परेसँगै नगरपालिकामा सवारी साधन सञ्चालन र ओहोर–दोहोरमा कडाई गरिएको छ । संक्रमित युवा भेटिएपछि महादेवस्थानको हलेसीबजारलाई पूर्णरुपमा सिल गरिएको मेयर इवन राईले बताए ।  

प्रकाशित: १० जेष्ठ २०७७ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App