१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना त्राससँगै 'एन्जाइटी र ओसिडी'

चिच्चाएर कराउने र माग पुरा नभए सामान नै फालिदिने, झंझट मान्ने जस्ता व्यवहार देखाइएको छन् ।

फाइल तस्बिर

लकडाउनअघि काठमाडौंका एक १२ वर्षीय बालक सामान्य थिए । करिव दुई महिनाको लकडाउन अवधिसंगै उनमा केही असमान्य समस्या देखिन थाल्यो । उनले रोग कोरोना लाग्छ भन्दै दिनको २४ चौबिस/पच्चिस पटकसम्म हात धुन थाले । छोराको यो गतिविधि नियालिरहेका अविभावकले उनको व्यवहारमा असामान्य परिवर्तन देख । दैनिक रोग लाग्छ भन्दै हात धोएको धोएै गरेपछि दुई साताअघि उनलाई कान्ति बाल अस्पतालको बाल मानिसक रोग विभागमा उपचारको लागि पु-याए ।  

कान्तिबाल अस्पतालको मानसिक रोग विभागका प्रमुख डा. अरुण कुँवरका अनुसार उनमा ओसिडी (गतिबिधि दोहराइरहने रोग) लागेको हो । ‘बालबालिकामा कोरोना लागेर आमा बाबुुलाई केही भयो भन्ने त्रासले ओसिडी भएको हो’ डा. कुँवरले भने ।  

उनको अनुसार आइतवारै नै अस्पतालमा अर्का आठ वर्षीय बालकलाई पनि अविभावकले अस्पताल पुर्याए । उनमा सानो कुरामा पनि कराउने र अनावश्यक कुराको माग गरिरहने र पुरा नभए सामान फालिदिने समस्या थियो । ‘चिच्चाएर कराउने र माग पुरा नभए सामान नै फालिदिने ,झंझट मान्ने जस्ता व्यवहार छन्’ यी बालक पनि लकडाउन अघि सामान्य थिए । यी दुबैै बालकका अविभावकलाई परामर्शमार्फत सुधार ल्याउने परामर्श थेरापी गर्न सुझाव दिएर पठाएको डा. कुवंरले बताए ।  

यी दुई समस्या बाहेक अन्य बालबालिकाहरुमा ननिदाउने, चौबिसै घण्टा हात धोइरहने,सानो कुरामा पनि झंझट मान्ने,धेरै समय तनावमा रहने, कोरोनासित डराउने जस्ता समस्या लिएर अस्पताल पुग्ने गरेको डा. कुँवरले जानकारी दिए र

कोरोना त्रासको समस्या बालबालिकामा मात्र नभएर युवामा समेत बढिरहेको अन्य मानसिक रोग चिकित्सकहरु बताउँछन् । टिचिङ अस्पताल महाराजगंज मानसिक रोग विभागका प्रमुख डा. सरोज वझाका अनुसार मानिसहरुमा असुरक्षाको सोंचले जन्माउने मनोरोगहरु बढ्दै गएका छन् । उनको अनुसार सवै उमेर समूहमा निन्द्रा नलाग्ने, डर लागिरहने जस्ता समस्या बढिरहेको छ भने पहिल्यैका मानसिक रोगीहरुमा रोग बल्झिने समस्या पनि बढेको छ । उनको विचारमा यो समस्या अवको दुई सातापछि थप बढ्ने स्थिति छ । ‘ कोरोना र लकडाउनको कारण विरामीहरुमा असुरक्षाको महसुस बढिरहको देखिन्छ’ उनले भने ।  

लकडाउनपछि विरामीहरुको मनोरोगमा परिवर्तन आएको पाटन अस्पतालका चिकित्सकहरुको अनुभव छ । उनीहरुको अनुसार पुर्व मानसिक रोग निको भएकाहरुमा पनि रोग बल्झिेको समस्या लिएर सम्पर्कमा आएका छन् भने एन्जाइटी र  ओसिडी(गतिविधी दोह-याइरहने रोग) हुने नयाँ समस्या बढेको छ । आफ्नो नियमित काममा ध्यान दिन नसक्ने, छटपटी हुने, डर लाग्ने, असुरक्षित महसुस हुने र  सावुन पानीले आवश्यक नपरेको बेला पनि हात धोइरहने र नियमित काम राम्रोसित गर्न नसक्ने, डरलाग्दो सपना देख्ने जस्ता समस्या लिएर विरामी सम्पर्कमा आएका छन् । मानसिक रोग अस्पतालका मानसिक रोग बिशेषज्ञ डा. वासुदेव कार्कीले भने,‘ हाच्छ्यिुँ आएपनि कोरोना भयो लाग्यो भनेर डराउने समस्या देखिएको छ ’ उनले भने । ‘यो बाहेक हात धोेएको धोइ गर्ने पनि समस्या बढेको देखिन्छ ’ ।  

मानसिक रोग अस्पतालकै विशेषज्ञ डा. अनन्त अधिकारीका अनुसार एन्जाइटी डिस्अर्डर युवा उमेर समूहमा पनि बढिरेको छ । अनिश्चित जस्तो बनिरहेको लकडाउन र कोरोना संक्रमणको त्रासले विशेष गरी व्यवसायी, पेशाकर्मीमा असुरक्षाका भावना बढिरहेको र त्यसको कारण अन्य रोगहरु जन्मिरहेको डा. अधिकारीले बताए । उनको अनुसार यो अस्पतालमा दैनिक ४० जना यस्ता विरामी सम्पर्कमा छन् ।  

अस्पतालमा सिँधै जान सक्नेस्थिति नभएकाहरु सरकारले उपलब्ध गराएको हटलाइन सेवामार्फत र कतिपय चिकित्सकको निजी फोनमार्फत यस्ता समस्या सुनाउने गरेका छन् । सिधै अस्पताल नपुग्नेहरुलाई फोनमार्फन र भिडियो कल मार्फत परामर्श दिने गरेको पाइएको छ । साकोलोलोजिक एशोसिएशन नेपाल एन्सेलको सहकार्यमा उपलब्ध निशुल्क हटलाइनमार्फत दैनिक एक सय बीसभन्दा बढी यस्तो समस्या भएको विरामीलाई परामर्श दिइरहेको डा.कार्कीले बताए । अस्पतालमा दैनिक चार/पाँच जनाको दरले यस्ता विरामी आउने गरेकोमा हटलाइन सेवामार्फत भिडियो कल गरी यस्तो समस्याहरुको व्यवस्थापन गरिरहेको कान्ति बाल अस्पतालका डा.कुँवरले बताए । एशोसिएशनमा एन्सेलले उपलब्ध गराएका २१ जना हटलाइन चिकित्सक छन् ।  

यस अघि कोरोना प्रभावित विश्वका अन्य देशहरुमा पनि कोरोनाको प्रकोपको समयमा बिभिन्न मानसिक रोगहरु देखा परेका थिए । चीन,इथोपियाहरुमा अस्पतालहरुमा खटेर कोरोनाका विरामीको हेरचाह गर्नेहरुमा डिर्पेशन र एन्जाइटी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तथ्याकं अनुसार कोरोना प्रकोपको समयमा चीनमा ५० प्रतिशतमा डिपे्रशन,४५ प्रतिशतमा एन्जाइटी र ३४ प्रतिशतमा इन्सोमियाँ भएको थियो भने प्रकोप अघि भन्दा पछि इथोपियमा ५० प्रतिशत कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा डिपे्रशन भएको थियो ।  

समस्या भए के गर्ने ?  

चिकित्सकका अनुसार कोरोना विश्व तथा नेपालबाट नियन्त्रण नभएसम्म यस्तो समस्या थप बढ्न सक्छ । यस्तो समस्या आउन नदिनको लागि बालबालिका तथा वयष्क जुन सुकै उमेर समूहकाहरुले जुन पायो त्यही मिडियाका समाचार नहेर्ने, बढी ग्याजेट नचलाउने, युट्युबमा व्यंग कार्यक्रम हेर्ने, परिवारका सदस्य मिलेर दिनमा निश्चित समय खेलकुद र मनोरंजनको लागि छुट्टयाउनु पर्छ ।

यसको साथै बिद्यार्थी छन् भने दैनिक एक÷दुइ घण्टा पढाइमा लगाउने, चित्र कोर्ने तथा अन्य सिर्जनशिल काममा सहभागी गराउने र परिवार मिलेर घरभित्रै खेल्न सकिने लुँडो लगायत खेलहरु खेलेमा मानसिक  तनाव कम हुने चिकित्सकको सुझाव छ  । त्यसै गरी घरैभित्र गर्न मिल्ने व्यायमहरु,जगिङ, योग ध्यानमा दैनिक सहभागी गराउने गर्नाले पनि यी समस्या कम गर्न सकिन्छ ।

समस्या आइहालेको अवस्थामा भने उचित परामर्श दिने घरको व्यक्तिवाट सम्भव नभएमा जानकारी मानिनने व्यक्तिबाट परामर्श दिएर पनि समस्या कम गर्न सकिने चिकित्सकको सुझाव छ । यस्तो वेलामा अस्पताल जानुको सट्टा घरमा व्यवस्थापन गर्न सकिने समस्यालाई घरमै गर्ने र नसकिने अवस्थामा चिकिसत्सकको हटलाइन सेवामार्फत पनि नियन्त्रण राख्न  सकिन्छ ।  

प्रकाशित: ४ जेष्ठ २०७७ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App