१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दाङ कोरोना अस्पतालमा १३ जनाको उपचार हुँदै, सबैको अवस्था सामान्य

दाङ – प्रादेशिक कोरोना विशेष अस्पतालमा १३ जना संक्रमितको उपचार भैरहेको छ । दाङसहित बाँके र कपिलवस्तुका १३ जनाको यो अस्पतालमा उपचार भैरहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सबेश शर्माका अनुसार बिरामीहरु सबैको अवस्था समान्य छ । 

शर्माका अनुसार दाङका २, बाँकेका ८, र कपिलवस्तुका ३ जनाको उपचार भैरहेको छ । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । ‘१३ जना बिरामीहरुको उपचार अहिले भैरहेको छ,’ डा. शर्माले भने ‘उहाँहरु सबैको अवस्था सामान्य रहेको छ ।’ यो अस्पतालमा भने दाङमै शुक्रवार फेला परेका दुई जना सहित शुक्रबारै  बाँके र कपिलवस्तुमा भेटिएका बिरामीहरुलाई ल्याईएको थियो । दाङमा अन्यत्रबाट बिरामी ल्याईँदा जिल्लाबासीमा कोरोना संक्रमण हुन सक्ने भन्दै यसअघि जिल्लामा विवाद समेत भएको थियो । तर पाँच नम्बर प्रदेश सरकारले प्रदेशका जुनसुकै जिल्लाबाट बिरामी ल्याएर उपचार गर्ने निर्णय गरेपछि यो अस्पतालमा अन्य जिल्लाबाट बिरामी ल्याएर उपचार थालिएको हो ।

यसअघि यो अस्पतालमा कोरोना संक्रमित आशंका गरिएकाहरुलाई आईशोलेशनमा राख्दै आईएको थियो  । तर अब बिरामीहरुलाई उपचार गरेर राख्नु पर्नेभएकाले संकास्पदहरुलाई भने नराखिने डा. शर्माले जानकारी दिए । ‘संक्रमण पुष्टि भएका बिरामीहरु नआउँदा सम्म हामीहरुले शंकास्पदहरुलाई राख्दै आएका थियौँ,’ उनले भने ‘तर अब बिरामीहरुको उपचार गर्नुपर्ने भएकाले शंकास्पदहरुलाई राखिने छैन ।’  

प्रकाशित: ३ जेष्ठ २०७७ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App