८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

स्वास्थ्य चौकी इन्चार्ज र कार्यकारीबीच पानी बाराबारको अवस्था

पारासिटामोल समेत पाउदैनन् नगरका सर्वसाधारण

त्रिपुरासुन्दरी नगरपालिका नजिक रहेको त्रिपुराकोट स्वास्थ्य चौकीमा औषधि नभएपछि सर्वसाधारण आउन छाडेपछि सुनसान स्वास्थ्य चोकी ।

डोल्पा- महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व त्रसित बनिरहेको बेला हिमाली जिल्ला डोल्पाको एक नगरका नागरिकहरु सामान्य पारासिटामोलसम्म नपाएर छटपटि रहेका छन् । त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट स्वास्थ्य चौकीमा उपचारको लागि आउने सर्वसाधारणहरु सामान्य ज्वरोको लागि प्रयोग गरिने पारासिटामोलसम्म नपाएर खाली हात फर्कने गरेका हुन । सरकारले स्वास्थ्य चौकीहरुलाई निःशुल्क उपलब्ध गराउदै आएको ३८ प्रकारका औषधि मात्र होइन सामान्य पारासिटामोल समेत नभएपछि उपचारको लागि आएका सर्वसाधारण खाली हात फर्कने गरेको स्वास्थ्य चौकी इन्चार्ज शेरबहादुर कठायतले बताए ।  

लिग्नोकेज ,पारासिटामोल , आईब्रप्रोफिन ,क्लोरफेनिरामाइन ,पेरामाइन ,एमोक्सिसिलिन ,सिप्रफ्लोक्सासिन , सल्फामेथोजोल ,डोक्सिसाक्लिन ,नियोमायसिन स्किन ,फेरस सल्फेट,भिटामिन वि कम्प्लेस, कम्पाउन सलुसन अफ,सोडियम लेक्टेट,एटिनोलोल,अल्वेन्डाजोल,केलामाइन लोसन,गामा बेन्जिन हेक्साक्लोराइड,पोभिडिन आयोडिन,अल्मुनियम हाइड्रोक्साइड औषधी मौज्दात नभएको झण्डै एक साता भइसकेको स्वास्थ्य चौकी इन्चार्ज कठायतको भनाई छ । यसैगरि निःशुल्क पाइने रजिटिडिन,हेयोसिन ब्युटिलब्रोमाइनड ,रिहाइड्रेसन सलुसन,क्लोभ आयल, मेटोक्लोरप्रापा ,प्रोमेथाजिन हाइड्रोक्लोराइड ,चारकोल एक्टिमेटेड, बेन्जोइड एसडि,फ्रुसमाइड ,डेक्सामेथाजोल, सल्बुटामोल ,एड्रिजलिन र सिल्फर सल्पाडायजिन , क्लोट्रिमाजोल र जेन्सन भ्यालोट  लगायतका ३५ प्रकारका औषधी प्रत्येक स्वास्थ्य संस्थामा हुनुपर्छ ।

तर पाटासीटामोल समेत नभएपछि  स्वास्थ्य चोकीमा उपचारको लागि आउने आफु जस्तै सर्वसाधारण रामे उपचारको त कुरो छाडौ पारासिटामोल समेत नपाएर खाली फर्कनु परेको ज्वरो आएर उपचारको लागि स्वास्थ्य चौकी आएकी त्रिपुराकोट १ की प्रतिभा उपाध्यायले बताइन् । दुई चार दिन पहिलेदेखि औषधि सकिएको र उपचारको लागि आउने सर्बसाधारण खाली हात फर्कने गरेको उल्लेख गर्दै औषधि  उपलब्ध गराई दिन नगरमा माग फारम भरि पठाएपनि कार्यकारी प्रितिभक्त गिरीले दिन आलटाल गरेकोले समस्या आएको स्वास्थ्य चौकी इन्चार्ज कठायतले बताए । नगर कार्यकारी प्रमुख प्रितिभक्त गिरीले स्वास्थ्यचौकीले तेस्रो चौमासिक प्रगति प्रतिवेदन समेत नदिएको र औषधि अभाव भएको माग फारम पनि अपुरो दिएकाले स्वास्थ्य चौकीमा के कति कुन औषधिको अभाव रहेछ मौज्दात चेकजाँच गरेर मात्र ओषधी उपलब्ध गराइने बताए ।  

 

स्वास्थ्य चोकी इन्चार्ज सिअहेव कठायतले प्रोपगोण्डा रचेर समय समयमा नगरलाई विवादमा ल्याउने काम गर्ने गरेको आरोप समेत कार्यकारी गिरीले लगाए ।प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नगरको अगाडि रहेको स्वास्थ्य चौकीमा औषधी नभएर सर्वसाधारणले उपचार समेत नपाएको खवर आफु कहाँ आएको र के कति कारणले किन औषधीको ब्यवस्थापन हुननसकेको भनेर नगरका कार्यकारीसंग टेलिफोनमा कुरो भएको र आवश्यक औषधि ब्यवस्थापन गर्न निर्देशन दिएको बताए । नगर भित्रको आन्तरिक कुरोलाई लिएर अनुसासन बाहिर गएर औषधि अभावको कुरो प्रमुख जिल्ला अधिकारीसम्म पुर्‍याएको भन्दै उल्टै नगरले स्वास्थ्य चौकी इन्चार्जलाई तेस्रो चौमासिक प्रगति विवरण किन नबुझाएको भन्दै तिन दिनको अल्टीमेडम दिएर स्पष्टीकरण सोधेको  छ ।  

विश्व कोरोना त्रासदीको कारण सरकारले गरेको लकडाउनको समयमा स्वास्थ्यकर्मिलाई समेत पाखा लगाउदै औषधी खरिद गर्न सम्म सुर्खेतमा आफै पुगेर ढिला गरेपछि औषधी अभावमा कार्यकारीको चरम लापरवाही भएको सुचना त्रिपुराकोट स्वास्थ्य इन्चार्ज शेरबहादुर कठायतले संचारकर्मिलाई दिएसंगै नगर कार्यकारी प्रमुख गिरी र स्वास्थ्य चौकी इन्चार्ज कठायत बीच पानी वारावारको अवस्था छ ।जस्तोसुकै विवाद सृजना गरेर  स्वास्थ्य इन्चार्ज काठयतलाई  नगरबाटै अनेत्र सरुवा गर्ने दाउमा नगर कार्यकारी प्रमुखको रणनिति रहेको नगर सेतले बताएको छ ।

नेपाल तरुणदल डोल्पाका अध्यक्ष तुलबहादुर बोहराले नगर कार्यकारी प्रमुख गिरीले नगरमा राजनीतिक पुर्वाग्रह राखेर काम गरिरहेको बताए । उनले भने कार्यकारीले नगर भित्रका कर्मचारीलाई को नेकपा सर्मथक को नेपाली काँग्रेस भनेर इंकित गरेर सर्मथन र पेनाल्टी दिने होइन सबैलाई समान ढंगले हेर्नु पर्छ ।तर कार्यकारी र स्वास्थ्यचौकी इन्चार्जबीचको झगडाले नागरिकले औषधी सम्म नपाउने अवस्था आउनु हुन्न अध्यक्ष बोहराले भने ।

 

 

 

प्रकाशित: २ जेष्ठ २०७७ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App