१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दुबईमा अर्घाखाँचीका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

अर्घाखाँची- यूएईको दुबईमा अर्घाखाँचीका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–८ नुवाकोट च्युरामाटीका युवराज गैरेको कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएको हो । बिगत १५ वर्षदेखि दुबईमा रोजगारी गर्दै आएका ४७ वर्षीय गैरेको बैशाख २१ गते कोरोना संक्रमणका कारण ज्यान गएको परिवारले जानकारी दिएको छ ।

स्वास फेर्न गाह्रो हुने तथा ज्वरो आउने समस्या बढेपछि उनलाई अस्पताल लगिएको थियो । सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसका कारण ज्यान गएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलरले जानकारी दिएको गैरेकी श्रीमती शान्ता गैरेले बताइन् ।

यो सँगै यूएईमा एक हप्ताभित्र अर्घाखाँचीका दुई जनाको ज्यान गएको छ । यसअघि आबुधाबीमा कार्यरत सन्धिखर्क नगरपालिका–६ जगतका सुशील भट्टराईको मृत्यु भएको थियो । भट्टराईको ज्यान जानुको कारण थाहा हुन नसकेको र अनुसन्धान भैरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २४ वैशाख २०७७ १४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App