७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ : कोरोना परीक्षणको दर बढाइयो

विराटनगर-  दुई दिनमा १३ जना कोरोना संक्रमित भेटिएपछि प्रदेश १ मा परीक्षण दर पनि बढाइएको छ। उदयपुरको भुल्के मस्जिदमा बसेका १३ जना भारतीयमा संक्रमण देखिएपछि उदयपुर तथा अन्यत्र पनि परीक्षण दर उच्च पारेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीका अनुसार आइतबार उदयपुरसहित प्रदेशभरमा करिब चार सय जनाको परीक्षण भएको छ। ‘संक्रमण देखिएको क्षेत्रमा काठमाडौंबाट आएको टोलीले अढाई सय नमुना संकलन गरेको छ’, मन्त्री कार्कीले भने ‘यसबाहेक धरान र विराटनगरमा पनि नमुना संकलन भएको छ । आरुडिटी विधिबाट पनि परीक्षण तीव्र पारिएको छ।’ आइतबार साँझसम्ममा थप ६९ जनाको पिसिआर रिपोर्ट आउने उनले जानकारी दिए।

यसअघि  ३ सय ८७ जनाको नमुना संकलन हुँदा १३ जनाको रिपोर्ट पोजिटिभ र ३ सय ६१ को नेगेटिभ रिपोर्ट आएको छ। आरडिटी विधिबाट भएको २ हजार २ सय ८१ जनाको जाँचमा ४ जनाको एन्टीबडी पोजिटिभ देखिएको प्रदेश सरकारले जनाएको छ। विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना भएका १३ जना संक्रमितको अवस्था सामान्य रहेको प्रदेश जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिएका छन्।
 

 

प्रकाशित: ७ वैशाख २०७७ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App