१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट अमेरिकामा थप एक नेपालीको मृत्यु

अमेरिका- अमेरिकाको न्यूयोर्कमा एक जना नेपाली आज कोरोना भाइरसको कारण ज्यान गुमाएका छन्। पवनकुमार मल्लको उनकै निवास उडसाइडस्थित कोठामा मृत्यु भएको उनका आफन्तले बताएका छन्। ४५ वर्षका पवनकुमार ८ वर्षअघि एक्लै अमेरिका आएका थिए भने न्यूयोर्कमा ट्याक्सी चलाउने गर्दथे।

कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा उनी नियमित काममै हुन्थे। संक्रमित भएपछि भने रुम पार्टनरको सहयोगमा घरमै उपचार गर्दै आएका थिए। हिजो एक्कासी स्वासप्रस्वासमा समस्या आएर एम्बुलेन्स बोलाएर अस्पताल जान खोजे पनि त्यति जटिल नभएको कारण देखाएर अस्पताल नगएका उनको आज निवासमै निधन भएका हो। नेपालमा छँदा नेपाल प्रहरी सेवामा रहेका उनका श्रीमती र दुई छोरी नेपालमै रहेको बताइएको छ। अमेरिकामा कोरोनाको कारण मृत्यु हुने उनि चौथो नेपाली हुन।

प्रकाशित: ४ वैशाख २०७७ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App