७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

बालबालिकालाई इनर्जी ड्रिंक्स प्रतिबन्ध

बेलायतले १८ वर्ष मुनिका बालबालिकालाई इनर्जी ड्रिंक्स (कोकाकोला तथा अन्य नरम पेय पदार्थ) बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ। यी इनर्जी ड्रिंक्स, कोकाकोला जस्ता पेयदार्थहरूले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्दै गएको जनाउँदै प्रतिबन्ध लगाउने भएको हो।

यसका लागि बेलायत  सरकारले इनर्जी ड्रिंक्स बालबालिकालाई बिक्री गर्नु अवैधानिक बनाउने प्रस्ताव सार्वजनिक गरेको छ । ‘बेलायती प्रधामन्त्रीले भने, ‘यी पेय पदार्थले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ।’

इनर्जी ड्रिंक्समा चिनी र क्याफिनको मात्रा बढी भएको र यसले बालबालिकाको तौल बढाउने र अन्य स्वास्थ्य समस्या निम्त्याएको बेलायत सरकारले जनाएको छ । सरकारले १६ वर्षमुनि या १८ वर्ष मुनिका बालबालिकालाई प्रतिबन्ध लगाउनु उचित हुन्छ भन्ने विषयमा सुझाव संकलन गरिरहेको छ।

पेय पदार्थहरू बढी प्रयोग गरेका बच्चाहरूमा बढी तौल हुने, दाँत बिग्रिने,  टाउको दुख्ने र निदाउन गाह्रो हुने, पेट ठूलो हुने, रिसाउने लगायत समस्या

स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड  र वेल्सलाई आफै लागू गर्ने अधिकार छ। बेलायत तथा युरापेका युवाहरूले यी पेय पदार्थ बढी खपत गरेको विषयमा पहिल्यै एक अनुसन्धान भइसकेको छ। यी पेय पदार्थमा आवश्यकता भन्दा बढी मात्रामा क्याफिन र चिनीको मात्रा पाइएको छ।

पेय पदार्थहरू बढी प्रयोग गरेका बच्चाहरूमा बढी तौल हुने, दाँत बिग्रिने,  टाउको दुख्ने र निदाउन गाह्रो हुने, पेट ठूलो हुने, रिसाउने लगायत समस्या देखिएको जनाएको छ।

बेलायतको शिक्षक संघले गरेको सर्वेक्षणले पनि बढी पेय पदार्थ पिउनेहरूले कक्षा कोेठामा नराम्रो र असामान्य व्यवहार देखाउने गरेको देखाएको छ। ऐनले प्रतिलिटर पेय पदार्थमा १ सय ५० मिलिग्रामभन्दा बढी क्याफिनको प्रयोग गर्न प्रतिबन्ध लगाउनेछ।

केही पसलहरूले आफै १६ वर्ष मुनिका बालबालिकालाई बेच्न छोडिकसकेका छन्। यद्यपि केही खुद्रा पसल र पेय पदार्थ मेसिनमा भने उपलब्ध छन्।

जनस्वास्थ्य मन्त्री स्टिभ बे्रइनले भने, ‘सक्षम बालबालिका उत्पादन गर्ने हामी सबैको दायित्व हो। तर उनीहरूले शिक्षा र स्वास्थ्य बिगारिरहेका छन्, हामाीलाई थाहा छ– प्याकेटमा पाइने पेय पदार्थमा क्याफिन र चिनीको मात्रा बढी छन्। चिनी आवश्यकता भन्दा बढी खानु हुँदैन।’  

‘हाम्रा बालबालिकाले युरोपियन बालबालिकाले आफ्नो उमेरको अवधिभन्दा पहिला नै ५० प्रतिशत पेय पदार्थ पिइसकेका र शिक्षकहरू पेय पदार्थले विद्यार्थीमा उत्पन्न व्यवहारवाट चिन्तित छन्।’

खाद्य गुणस्तर ऐनले पहिला नै कुनै पनि नरम पेय पदार्थमा १ सय ५० मिलिग्रामभन्दा बढी क्याफिनको मात्रा राख्न प्रतिबन्ध लगाएको छ र बढी क्याफिन भएका यस्ता पैय पदार्थहरू बालबालिका, गर्भवती र स्तनपान  गराइरहेका महिलालाई पिउन नहुने सुझाव दिएको छ।

प्रधानमन्त्री थे्रसा भन्छिन्, ‘बालबालिकामा हुने मोटोपना राष्ट्रकै एक ठूलो चुनौती बनेको छ । किन हामीले युवाहरूले खपत गरिरहेको बढी चिनीको मात्रा हटाउने महत्वपूर्ण निर्णय नलिने र उनीहरूको परिवारलाई सुखी रहन सहयोग नगर्ने?’

उनले अगाठि थपिन्, ‘हजारौं मानिसले नियमित रूपमा इनर्जी ड्रिंक्स प्रयोग गरिरहेका छन्, किनकि उनीहरूले यो नरम पेय पदार्थभन्दा कम मूल्यमा बेचिरहेका छन्, त्यसकारण हाम्रो सरकार बालबालिकालाई इनर्जी ड्रिंक्स बिक्रीमा प्रतिबन्ध लगाउने सोंचमा छ।’

के हो इजनी ड्रिंक्स?
इनर्जी ड्रिंक्समा क्याफिनको मात्रा बढी हुन्छ । प्रायः २ सय ५० मिलिग्रामको बट्टामा क्याफिनको मात्रा ८० मिलीग्राम हुन्छ । तुलनात्मक रूपमा ३ सय ३० मिलिलिटरको कोकाकोलाको बोतलमा ३२ मिलिग्राम क्याफिन हुन्छ।

इनर्जी ड्रिंक्समा चिनीको मात्रा बढी हुन्छ भने थोरै मात्रामा भिटामिन, मिनरल र जडीबुटी मिश्रण भएको हुन्छ । केही साना इजर्नी ड्रिंक्स कम्पनीले भने १ सय ६० मिलिग्राम पेय पदार्थको बोतलमा ६० मिलिग्राम चिनीको मात्रा मिलाएको भेटिएको छ।

क्याफिन कति बढी?
क्याफिनको मात्रा बढी भएमा चिन्ता, डर तथा उच्च रक्तचाप वृद्धि गर्न मद्दत गर्छ । गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरूलाई के सुझाव छ भने दैनिक दुई सय मिलिग्रामभन्दा बढी क्याफिन पिउनु हुँदैन। युरोपियन सल्लाहाकारहरू के भन्छन् भने अन्य वयस्क मानिसले चार सय मिलिग्राम मात्र पेय पदार्थ पिउन सक्छन्।

बढी चिनीले स्वास्थ्यमा कसरी हानी पु-याउँछ?

  • तौल बढ्छ
  • दाँत कमजोर हुन्छ
  • टाइप टु (दोस्रो प्रकारको) मधुमेह हुन्छ ।

बेलायतका जनस्वास्थ्य प्रमुख डन्क्यान सेल्वीले भने, ‘बालबालिकाले दैनिक आवश्यकता भन्दा बढी इनर्जी ड्रिंक्स लिनु हुँदैन र आवश्यकता भन्दा बढी चिनीको प्रयोग गर्नु पनि हुँदैन।’

उनले अगाडि थपे, ‘बालबालिकालाई इनर्जी ड्रिंक्स बिक्री गर्न अर्को कडा कदम चाल्नु आवश्यक छ जसले बालबालिकाको तौल घटाउन सकियोस्।’

रोयल कलेजका बाल स्वास्थ्यकर्मी  प्राध्यापक रस्सेल भिनरले भनेका छन्, ‘बालबालिका र युवाको  पोषणका लागि इनर्जी ड्रिंक्सले पोषण दिएको कुनै प्रमाण छैन।’

उनले अगाडि भनेका छन्, ‘यसकारण यो चिन्ताको विषय किन हो भने धेरै युवाले कम मूल्यका इनर्जी ड्रिंक्स किनेर नियमित खाने गरेका छन्।’

बेलायती नरम पेय पदार्थ संघले इनर्जी ड्रिंक्स ‘कम सुरक्षित छ’ र नियमले १६ वर्ष मुनिकालाई किन्न प्रोत्साहन नगरोस् भनेको थियो । स्वयंसेवक कोड २०१० मा यो पनि भनिएको थियो– यसलाई नीतिमै समावेश गरेर बालबालिकाका लागि उचित मात्रा तोकिनु पर्छ। बेलायत सरकारको २०१८ को बालबालिका मोटोपना योजनामा सन् २०३० भित्र बालबालिकामा हुने मोटोपना अन्त्य गरिसक्नु पर्ने उल्लेख छ।

प्रकाशित: १६ भाद्र २०७५ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App