६ असार २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भोजपुरको कोटमा प्रसूति भवन निर्माण

टेम्केमैयुङ–६ को प्रयासमा रु २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि प्रारम्भ भएको छ ।

वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार सङ्घीयता कार्यान्वयनसँगै साविकको एक वडालाई विभाजन गरेर दुई वडा बनाइएकाले आधारभूत संरचना नभएका स्थानमा स्वास्थ्य सेवा विस्तारका लागि भवन निर्माण गरिएको हो ।

भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा  बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता अत्य हुने  वडासदस्य प्रेमकुमारी श्रेष्ठले बताइन्। 

प्रकाशित: ९ जेष्ठ २०८२ ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App