रसुवा जिल्ला अस्पतालले एपेन्डिसाइटिसको शल्यक्रिया सुरू गरेको छ ।
‘निक्स साइमन इन्स्टिच्युट’ नामक गैह्र सरकारी संस्थाको सहयोगमा डा.सुनीलकुमार दास नेतृत्वको स्वास्थ्य टोलीले आमाछोदिङ्मो–३ गतलाङका ३८ वर्षीय निमा छिरिङ लामाको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
विशेषज्ञ चिकित्सक उपलब्ध भएपछि स्थानीयस्तरमै एपिन्डिसाइटिसको शल्यक्रिया सम्भव भएको रसुवा अस्पतालले स्पष्ट गरेको छ ।
विशेषगरी सुत्केरी हुन नसकेका गर्भवती र खप्नै नसक्नेगरी पेट दुख्ने समस्याबाट पीडित बिरामीलाई एपिन्डिसाइटिसको शल्यक्रिया गर्नुपर्ने डा दासले बताए ।
दुखाई कम गर्ने औषधि दिएर काठमाडौँ पठाउने गरेकामा स्थानीय अस्पतालमै आवश्यक दक्ष जनशक्तिसहित शल्यक्रिया सुरु भएपछि राहत मिलेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
प्रकाशित: १० चैत्र २०८१ १५:५३ आइतबार