१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

क्यान्सरपीडितलाई २७ लाख सहयोग

सामाजिक सञ्जालको उपयोग गरी पाँचथरकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि २७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ।

फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट २७ लाख ११ हजार चार सय २९ सङ्कलन भएको हो। 

स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले  फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए।  

हालै सङ्कलित रकम सजिनालाई हस्तान्तरण गरिएको हो। प्राप्त रकमबाट उनले शल्यक्रिया गराउनु  भएको छ। आफ्नो जीवन रक्षाका खातिर रकम प्रदान गर्ने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन्। -रासस

प्रकाशित: ३० श्रावण २०८१ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App