२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नेपाल चाँदीपुरा भाइरसको उच्च जोखिममा

सन् २०१४ मै भएको थियो १२ जनाको मृत्यु

भारतको गुजरातलगायत क्षेत्रमा तीब्र गतिमा फैलिरहेको चाँदीपुरा भाइरसको जोखिम नेपालमा उच्च रहेको जनस्वास्थ्य तथा सरुवा रोग बिशेषज्ञहरुले औल्याएका छन्। केही समयदेखि देखा परेको चाँदीपुरा भाइरसले हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ भने १ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। एजेन्सीका अनुसार भारतको अहमदावाद, बडोदरा, राजकोट, सुरत लगायतका सहरहरुमा यसको संक्रमण बढी पाइएको छ।  

नेपालमा यो भाइरसकोे पहिल्यै संक्रमण फैलिलसकेको र भारतवाट नेपाल आवातजावात गर्ने भइरहने कारण संक्रमित पनि नेपाल आउन सक्छन । डेंगु सार्ने लामखुट्टे एडिस एजिप्टाइ र सेन्फलाइ नामक भुसुनाले यो भाइरस सार्छ । यी दुबै कीट नेपालमा रहेको र तराईका जिल्लाहरुमा यसकोे उच्च जोेखिम रहेको छ । यसअघि नै संक्रमण देखिएकाले नेपाल उच्च जोखिममा रहेको इपिडिमोलोजी तथा रोेग नियन्त्रण महाशाखाका पुर्वनिर्देशक तथा जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीले बताए । उनका अुनसार सन् २०१४ मा चाँदीपुरा भाइरसका कारण मोरङमा १२ जनाको मृत्यु भएको थियो। एकैपटक धेरै जनाको मृत्यु भएपछि महाशाखाले नमूना विदेश पठाइ परीक्षण गर्दा चाँदीपुरा भाइरस पहिचान भएको थियो ।  

नेपालमा बिगतका वर्षहरुमा पनि देखिएको भएपनि जाँच नभएकोले थाहा नभएको हुन सक्ने डा. मरासिनीको तर्क छ । ‘हरेक वर्ष इन्सोफ्लाइटिसकै जस्ता बिरामी उपचारमा पुगेको देखिन्छ, तर उनीहरुमा चाँदीपुरा छ या छैन भनेर परिक्षण गरेको देखिंदैन,’ उनले भने ।  

यो भाइरस सार्ने दुवै कीट नेपालमा रहेको कारणले नेपालमा कुनैै पनि बेला महामारीको रुप लिन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए । ‘लामखुट्टे पनि छ, भुसुना पनि छ, उता आवात–जावात पनि छ, कुनैै पनि बेला महामारीको रुपमा फैलिन सक्छ’ उनले भने ।  

चिकित्सकका अनुसार चाँदीपुरा संंक्रमित एडिस एजिप्टाइ लामखुट्टे र सेनफलाइ भुसुुनाले टोेकेमा रगत हुँदै भाइरसले मस्तिष्कमा संंक्रमण गर्छ । मस्तिष्कमा संक्रमण भएपछि अन्य अंगहरु नसा, मिर्गौला, कलेजोसमेत फेल भइ मानिसको मृत्यु हुन्छ । यसको लक्षण इन्सोफलाइटिसँग मिल्दोजुल्दो हुन्छ । मानिसमा संक्रमण भएको ४८ घण्टाभित्र मृत्यु हुन सक्छ । यो रोगकोे मृत्युदर अरु रोेगको भन्दा उच्च अर्थात् कुल संक्रमितमध्ये ६० प्र्रतिशत रहेको छ।  

भारतमा फैलिरहेको चाँदीपुरा भाइरसको संक्रमणको जोेखिमको बारेमा सतर्क भइरहेको तर कुनैै पनि बिरामीमा परिक्षण नभएको इपिडिमोलोेजी महाशाखाका प्रमुख डा.यदुचन्द्र घिमिरेले बताए । उनका अनुसार कुनै संक्रमण देखिएमा परीक्षण गर्ने भनी राष्ट्रिय जनस्वास्थ्य प्रयोेगशालासँंग छलफल भएको छ । ‘अहिलेसम्मकुनै संक्रमित देखिएका छैनन, देखिइहालेमा परीक्षण गर्ने गरी सचेत छौं’ महाशाखका प्रमुख डा. घिमिरेले भने ।  

तराइका २४ जिल्ला सहित पहाडी जिल्लाहरु समेत यो संक्रमणको उच्च जोेखिममा रहेको चिकित्सकहरु बताउँछन । यसबाट बच्न भुसुना र लामखुट्टेको टोइकावाट बच्ने, झुलकोे प्र्रयोग गर्ने, घर नजिकगोेठ नराख्ने, घरवरीको वातावरण सफा राख्ने, झ्यालढोकामा जाली राख्ने लगायत गर्न चिकित्सकहरु सुझाउछन्।  

 

प्रकाशित: ११ श्रावण २०८१ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App