१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

मानव जीवनलाई स्वस्थ बनाउन योगको महत्त्वपूर्ण भूमिका: प्रदेश प्रमुख भण्डारी

फाइल तस्बिर

मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मानव जीवनलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ बनाउन योग तथा प्राकृतिक चिकित्साको महत्त्वपूर्ण भुमिका रहेको बताएकी छिन्।

प्रदेश प्रमुख भण्डारीले १० औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर वीरगन्जस्थित भारतीय वाणिज्य दूतावासले बुधवार जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना गरेको योग शिविरमा बोल्दै योग मानव जीवनका लागि आवश्यक रहेको बताएकी हुन ।

 उनले नेपालको हिमालय क्षेत्रमा वैदिक कालदेखि नै ऋषिमुनिहरुले योग गरेको उल्लेख गर्दै योग तथा प्राकृतिक चिकित्साको अध्ययन अध्यापन नेपाल संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा अहिले पनि हुने गरेको बताइन। प्रदेश प्रमुख भण्डारीले योगलाई आयुर्वेदसँग जोडेर विकास गर्नका लागि नै नरदेवी आयुर्वेद कलेजले पहिलादेखि अध्ययन अध्यापन गर्दै आएको जानकारी दिँदै नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको बताइन।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले युवा वर्गलाई गलत मार्गबाट जोगाउनका लागि योग तथा ध्यानतर्फ आकर्षित गर्न जरुरी रहेको  बताए । उनले युवासहित सबै वर्गका व्यक्ति स्वस्थ्य भए मात्र राष्ट्र स्वस्थ हुने र मुलुक समृद्धिको मार्गमा जाने भएकाले मानव जीवन सफल बनाउनमा योग तथा प्राकृतिक चिकित्साको निक्कै ठुलो महत्व रहेको बताए।

नेपालको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको महासभामा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउनका लागि प्रस्ताव गरेपछि नेपालसहित १ सय ७२ राष्ट्रले समर्थन गरेपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रमसहित विश्वभर नै योग दिवस मनाउन थालिएको बताए। 

प्रकाशित: ५ असार २०८१ १८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App