३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्राचीन डिएनएका कारण डिप्रेसन ?

यस्तो पनि

हजारौँ वर्षअघि हाम्रा पुर्खाहरूमा छिरेको भाइरल ज्वरो र त्यसका कारणले उत्पन्न परिस्थितिले अवसाद (डिप्रेसन)को कोड यथावत् रहेको अध्ययनले देखाएको छ।

गम्भीर किसिमको डिप्रेसनका लागि हजारौँ वर्षअघि हाम्रा पुर्खाले भाइरससँग जुझ्दा रहेको अवशेषले भूमिका खेलेको दाबी अध्ययनमा गरिएको छ। प्राचीन भाइरस र सिजोफ्रेनिया तथा बाइपोलार डिसअर्डरबीच सम्बन्ध पाइएपछि अबका दिनमा नयाँ उपचार फेला पर्ने विश्वास वैज्ञानिकहरूले लिएका छन्।

हाम्रो शरीरमा रहेको आठ प्रतिशत जेनेटिक कोड जसलाई हामी जिनोम पनि भन्छौँ, मान्छेकै जिनोमका रूपमा रहेको छैन।  यसको अर्थ डिएनएको जुन सिक्वेन्स छ, त्यो मूलतः हाम्रा पुर्खामा रहेका भाइरसहरूका कारणले सरेका हुन्। भाइरस सरेपछि तिनले मानिसको जिनोममा छिरे र त्यसपछि त्यहीँ रहिरहे। ती फिल्टर हुन सकेनन्।

यस्ता भाइरसलाई वैज्ञानिकहरूले ‘फोसिल भाइरस’ नामकरण गरेका छन्। यसलाई धेरैले ‘फोहोर डिएनए’ ठान्दै महत्वहीन मानिरहेका थिए। तर किङ्स कलेज लन्डनले हालै ‘नेचर कम्युनिकेसन्स’मा पछिल्लो अध्ययन प्रकाशित गरेको छ। अध्ययनमा मानिसमा रहेका त्यस्ता दुर्लभ र फोसिल भाइरस मानिसको मस्तिष्कमा चार हजारभन्दा बढी सक्रिय रहने गरेको पाइएको छ।

मस्तिष्कमा रहेका यस्ता ‘हभ्र्स’ भनिने फोहोर डिएनएले मानिसको व्यक्तित्व र मुड बनाउन भूमिका खेल्ने गरेको पाइएको छ। जति बढी यस्ता हभ्र्स भए, मानसिक समस्या उति बढी हुने देखिएको छ। पहिले यसको प्रभाव नगन्य हुने सोचिएको थियो। यो नयाँ अध्ययनका लागि हजारौँ मानिसलाई नमुनाका रूपमा लिइएको द टाइम्स पत्रिकाले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०८१ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App