१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा पाँच हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइने

आईपीभी खोप अभियानबारे जानकारी दिँदै जनस्वास्थ्य कार्यालय जुम्लाका प्रतिनिधि । तस्बिरः गोल्डेन बुढा/नागरिक

जुम्लाका ५ हजार ५२८ जना बालबालिकाले आईपीभी खोप लगाइने भएको छ । जेठ १३ देखि २६ गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुन लागेको आईपीभी खोप अभियानअन्तर्गत जुम्लामा साढे ५ हजारभन्दा बढी बालबालिका लाभान्वित हुन लागेका हुन् ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जुम्लामा आईपीभी खोप अभियान संचालन हुँदैछ । उक्त खोप अभियान अन्तर्गत जुम्लाका आठ वटै स्थानीय तहका बालबालिकालाई पोलियो भाइरसविरुद्दको आईपीभी खोप लगाईने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा बताउँछन्।

जुम्लामा दुईचरणमा खोप अभियान संचालन हुनेछ । जसमा पहिलो चरणमा (जेठ १३ देखि १५ गतेसम्म)  पातारासी, गुठिचौर, चन्दननाथ र तातोपानीमा खोप अभियान संचालन हुनेछ । दोस्रो चरणमा जेठ १८ देखि २० गतेसम्म तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा खोप अभियान संचालन हुने जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।  

खोप अभियान अन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका ५ देखि ८ वर्ष उमेर समूहका ५ हजार ८२८ बालबालिकालाई मात्र आईपीभी खोप लगाइने लक्ष्य राखिएको छ।  

पोलियो रोग जुनसुकै उमेर समुहकालाई पनि लाग्छ  । नेपालमा पछिल्लो २०६७ भदौ १४ मा संक्रमण देखापरे पनि हालसम्म शून्य छ ।  

जुम्लामा मंगलबार आईपिभी खोप अभियानबारे खोप समन्वय समिति र पत्रकारसँग छलफल गरेको छ। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जुम्लामा खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासन र पत्रकारहरुले सहयोग आवश्यक रहेको बताए ।

 शिक्षा विकास तथा समन्वय ईकाईले सबै विद्यालयमा खोप अभियानबारे पत्रकार गरि सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन सहयोग गर्न पनि अनुरोध गरे ।  

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले रोग प्रतिरोधात्मक क्षामता बढाउन खोप अतिनै आवश्यक रहेको बताए ।

प्रकाशित: १ जेष्ठ २०८१ १६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App