२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सेलिब्रेटीहरू पनि आफ्नो क्यान्सरको सङ्घर्ष बारे भन्न रुचाउँदैनन्: विशेषज्ञ

क्यान्सररोग विशेषज्ञ  र अभियन्ताहरूले मिडियामा क्यान्सर सम्बन्धी नकारात्मक समाचार सम्प्रेषण हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले सार्वजनिक व्यक्तित्वहरू र सेलिब्रेटीहरू पनि क्यान्सर विरुद्धको सङ्घर्षहरू खुला रूपमा भन्न हिचकिचाउने गरेको बताएका हुन्।

आइतबार सेन्ट जेभियर्स कलेज, माइतीघरमा सामाजिक शास्त्रका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने क्रममा उनीहरूले आफ्नो यस्तो धारणा व्यक्त गरेका हुन्।

वीर अस्पतालकी विकिरण अन्कोलोजिस्ट डा। सन्ध्या चापागाईँले मानव शरीरमा क्यान्सरका कोशिकाहरू हुनु भनेको जीवनको अन्त्य नभएको बत्ताइन्। चिकित्सा विज्ञानले हाँसिल गरेको प्रगतिले क्यान्सर जस्ता जटिल रोग प्रभावकारी रूपमा निको पार्न सक्षम भएकाले, क्यान्सरका कोशिकाहरू देखिदैंमा आत्तिनु नपर्नेमा उनले जोड दिइन्। 

कार्यक्रममा क्यान्सर अभियन्ता स्वरूपा श्रेष्ठले क्यान्सर रोगको अभियानमा सांस्कृतिक चुनौतीहरू बढी रहेको बताउँदै समुदाय स्तरमा यस सम्बन्धी जागरूकताको आवश्यकता रहेको बत्ताइन्। उनले मिडियाको व्यापकता र त्यसको प्रभावकारिता शक्तिशाली भएकाले सर्वसाधारणले कस्तो समाचार ग्रहण गर्ने भन्ने विषयमा सावधानी अपनाउन आवश्यक रहेको बत्ताइन्।

त्यसैगरी मिडिया टक सिरिजका संयोजक चुनबहादुर गुरुङले मानिसहरूले क्यान्सरको हेरचाह कसरी अभिव्यक्त र छलफल गर्छन् भन्नेमा प्रभावशाली परिवर्तनको आवश्यकता रहेको बताए। 'कार्सिनोमालाई जितेर सामान्य जीवन बिताउने व्यक्तिहरू मैलै देखेको छु। यसलाई मृत्युदण्डको रूपमा लिनु हुँदैन। क्यान्सरसँग जोडिएका नकारात्मक कथालाई सही र प्रभावकारी सञ्चारको माध्यमबाट सच्याउनुपर्छ', उनले भने।

'क्यान्सर हेरचाहका लागि सञ्चार' भन्ने मूल नारा सहित आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य क्यान्सर सम्बन्धी हेरचाह र गलत धारणाहरूमा विद्यार्थीहरूलाई संवेदनशील बनाउनु हो। 

प्रकाशित: १४ फाल्गुन २०८० १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App