१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

मापदण्ड विपरीतका औषधि पसलमा सिलबन्दी

जिल्ला प्रशासन कार्यालय कालिकोटले मान्म बजारका औषधि पसलहरु शिल गरेको छ। मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो।

औषधि बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरुको पालना नगरी खोलिएकाले त्यस्ता औषधि पसल र क्लिनिकहरु बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले बताए।

अधिकारीको नेतृत्वमा संयुक्त अनुगमन टोलीले मान्म बजारमा अनुगमन गर्दा बिष्ट मेडिकल हल र कुशुम मेडिकल हलमा फार्मासिट बिनै औषधि बिक्री गरेको भन्दै ताला लगाएको हो।

मान्म बजारको डिआर कर्णाली किल्निकमा फर्मेसी राखेको तर अहिले फार्मासिट नभएर खोलिएको, कुशम मेडिकल हल दर्ता भएको तर फर्मोसी नभएको यस्तै बिष्ट मेडिकलमा फर्मासिट नभएको, केही औषधि विभागले प्रतिबन्ध गरेको भेटिएको हो।

फर्मासिटले नै औषधि बिक्री गरिरहेको भेरी कर्णाली मेडिकल र चंखेली मेडिकल हल रहेका छन्। सदरमुकाममै गैर कानुनी रुपमा सञ्चालन भएका औषधि पसलहरु छन्। यहाँका ९ वटै पालिकामा दुईसयको हाराहारीमा औषधि पसलहरु छन्। जसको निगरानी पालिकाले गर्न नसकेको सहायक प्रजिअ अधिकारीले बताए।

गाउँमा हुँदैन अनुगमन

जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन भएपनि गाउँमा अहिलेसम्म अनुगमन हुन सकेको छैन्। जिल्ला सदरमुकाममा त यस्तो गाउँका औषधि पसलमा कस्तो मनपरी होला स्थानिय अनिल सहकारी बताउँछन्।  पालिकामा उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा महिनाको एक पटक अनुगमन गर्नु पर्ने भएतापनि अहिलेसम्म हुन् सकेको छैन सहकारीले बताए।  

केही समय पहिला यहाँका ९ वटा स्थानिय तह मध्य रास्कोट नगरपालिकाले मात्र खाद्य पसलहरुको अनुगमन गरेको थियो। अन्य पालिकाले अहिलेसम्म खाद्य पसल न औषधि पसलहरुको अनुगमन गर्न सकेको छैनन्। 

प्रकाशित: १२ माघ २०८० ०५:२५ शुक्रबार

जिल्ला प्रशासन कार्यालय कालिकोट मान्म बजार औषधि पसल शिल ऐन नियम