४ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

जाडो मौसममा धेरैको यस्तै गुनासो हुने गर्छ।‘छाला फुट्यो, छाला सुख्खा भयो’, र ‘ओंठ फुट्यो’। चिसो हावामा चिल्लोपना कम हुने भएकोले छाला सुख्खा हुने र फुट्ने जस्ता समस्या देखिन्छ। यो सुख्खापनाले छालाको सौन्दर्यमा असर गर्छ भनै फुटेर दुखाइ समेत बढ्छ।  

यी समस्यावाट छुट्कारा पाउनको लागि सजिलो उपाय छ । एक पटक छालारोग बिशेषज्ञसंग आफ्नो छालाको प्रकार जाँच गर्ने र सो अनुसार चिकित्सकको सल्लाहमा चिल्लो बनाउने क्रिम(मस्चोराइजर क्रिम)को प्रयोग गर्न सकिन्छ। यो क्रिम पनि उमेर अनुसार फरक–फरक रुपमा हुन्छ। ‘गर्मी मौसमको तुलनामा चिल्लो बनाउने क्रिम अलिक बढी प्रयोग गर्नु पर्छ, जसले छालालाई नरम राख्छ’ वीर अस्पतालकी चर्म तथा छाला रोेग बिशेषज्ञ डा। लैला लामाले भनिन्।

धेरैै मानिसहरु जाडोमा न्यानो रहनको लागि घण्टौ घाम ताप्छन् । लामो समय घाम ताप्नाले घामले छाला ढड्न गइ चायाँ पोतो समेत आउन सक्छ।यी जोखिमवाट बच्न जाडोमा धेरे बेर घाम नताप्ने, घाम ताप्ने परेमा विहानको घाम वीसदेखि पच्चिस मीनेटसम्म मात्र ताप्न सकिन्छ।जाडोमा घर बाहिर निस्कंदा सनब्लक क्रिम लगाउनु पर्र्छ।यस्तो क्रिम प्रयोग गर्दा पनि उमेर र छालाको प्रकृति अनुसार फरक फरक लगाउनु पर्छ । यी क्रिम पनि छालारोग बिशेषज्ञको सुझावमा मात्र लगाउन सुरु गरी त्यही अनुसार निरन्तर लगाउनु पर्छ।जाडोमा अनुहार धुँदा पनि धेरै चिसो र धेरै तातो पानीले धुन नहुने चिकित्सक बताउँछन । यी दुवैको सट्टा मनतातो पानीले धुनाले छालाको नरमपना कायम रहन्छ । 

प्रकाशित: १७ पुस २०८० १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App