१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘तीन लाख स्वास्थ्यकर्मी अभाव’

सरकारले आगामी दश वर्षभित्र नेपालमा कुल तीन लाख ३० हजार बढी स्वास्थ्यकर्मी आवश्यक पर्ने औँल्याएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी तय गरेको राष्ट्रिय रणनीति २०७७/०८७देखि २०८६/०८७सम्म नेपालमा सरकारी तर्फ कुल एक लाख ६५ हजार ७ सय ८० र निजी तर्फ एक लाख ६५ हजार ७ सय ८० गरी कुल तीन लाख ३१ हजार ५ सय ६० स्वास्थ्यकर्मी आवश्यक पर्ने औँल्याएको  हो।

हाल देश भरी कुल ५८ हजार १ सय २४ स्वास्थ्य जनशक्ति कार्यरत रहेको मन्त्रालयका सूचना अधिकारी रविकान्त मिश्रले जानकारी दिए। ‘अब नेपाल सरकारले सञ्चालन गरेका अस्पतालहरू अर्थात विगतका सबै अंचालमा रहेका अस्पतालहरुमा अब आगामी शैक्षिक सत्रदेखि नर्सिङ र पारामेडिकल विषयहरु अध्ययन गराउने स्वीकृति दिने मन्त्रालयको तयारी पुरा भएको छ,’ सूचना अधिकारी मिश्रले नागरिकसँग भने, ‘अस्पताहरुसँग आफ्नो सय र तीन सय बेडको अस्पताल छ । एमबिबिएस,नर्सिङ र पारामेडिकल कोर्ष सञ्चालन गर्न सके सरकारको १० वर्षे रणनीति अनुसार स्वास्थ्य जनशक्ति उत्पादन हुन सक्छ।’

विसं २०८७ अर्थात सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न प्रति १ हजार जनसङ्ख्यामा न्यूनतम ४.४५को अनुपातले चिकित्सक,नर्स, मिडवाइफसहितका स्वास्थ्य जनशक्ति आवश्यक पर्ने भन्ने विश्व स्वास्थ्य सङ्गठनको दस्ताबेज स्वास्थ्यका लागि मानव स्रोत सम्बन्धी विश्वव्यापी रणनीति, जनशक्ति २०३० समेतलाई आधार बनाएर मन्त्रालय अगाडि बढेको उनले जनाए । ‘यसै अनुसार सन् २०२०लाई आधार वर्ष मानी सन् २०३०कोलागि कुल जम्मा १ लाख ६५ हजार ७ सय ८० स्वास्थ्य जनशक्ति आवश्यक पर्ने आंकल गरिएको छ,’ उनले भने ‘यति नै निजीमा पनि आवश्यक पर्छ।’

प्रकाशित: १० मंसिर २०८० ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App