१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रोगबाट बच्न बेलैमा स्वास्थ्य परीक्षण गरौँः उपप्रमुख डंगोल

काठमाडौं महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

शनिबार पण्डित निष्ठानन्दको शालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।

विश्व मधुमेह दिवस, २०२३ को अवसरमा आयोजित निःशुल्क शिविरको अवलोकनका लागि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो।

शिविरको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले नेपाली समाजमा हरेक घरमा एक जना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिइन्। उनले मधुमेह लगायतका रोग जीवनशैलीसँग जोडिने रोग भएकाले सबै सचेत हुनुपर्ने उल्लेख गरिन्।

‘नेपाल मधुमेही समाजको विशेष कार्यक्रम अन्तर्गत आज हामी संस्थामा नै भिजिट गर्न आएका छौँ। काठमाडौं महानगरपालिकाले पनि नेपाल मधुमेह समाजसँग सहकार्य गरी थुप्रै कार्यक्रम गरिरहेका छौँ। अहिले नेपाली समाजमा हरेक घरमा एक जना मधुमेहका बिरामी देख्न सक्छौँ। यस्ता रोग जीवनशैलीसँग जोडिएको रोग हो। यस्तोमा मान्छेलाई सचेत गराउनुपर्छ।’

यस वर्ष ‘जोखिम बुझौँ, सजगता अपनाऔँ’ भन्ने नारासहित विश्व मधुमेह दिवस मनाइँदै छ।

प्रकाशित: २ मंसिर २०८० ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App