२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

यस्तो होस् दसैंको खानपान

मानव कुशलताको क्षमता वृद्धिमा दैनिक आहार, दिनचर्या, प्रकृतिमैत्री शैली र आध्यात्मिकताको भूमिका ठुलो हुन्छ। यसमध्ये पनि दैनिक आहारले हाम्रो जीवनशैलीमा उस्तै भूमिका खेल्छ।

अहिले संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनको अनुमानअनुसार प्रतिव्यक्ति औसत विश्वव्यापी खपत लगभग २८ सय किलो क्यालोरी छ। देश र क्षेत्रअनुसार फरक फरक आयु हुने मानिसको औसत आयु ७० वर्ष जति देखिएको छ। जीवनको पूर्वार्धमा अधिक क्यालोरी खाने मानिसले उत्तरार्धमा कम क्यालोरी खपत गर्ने अनुमानको औसतअनुरूप जीवनभरको अपेक्षाकृत स्थिर क्यालोरी खपत अनुमान गरिन्छ।

मानिसले दैनिक प्राप्त गर्ने क्यालोरीका आधारमा कुल क्यालोरी खपतको अन्दाजी ३० प्रतिशत मासु र ७० प्रतिशत शाकाहारी स्रोतको खानाबाट प्राप्त गर्ने गरेको छ।

औसत विश्वव्यापी क्यालोरी खपतका आधारमा अनुमान गर्दा एक व्यक्तिले दैनिक सामान्य सन्तुलित आहारको औसत ०.३१ किलो कार्बोहाइड्रेट, ०.०९ किलो चिल्लो, ०.१० किलो प्रोटिन, ०.३६ किलो फलफूल र तरकारी खाने गर्छ।

उक्त मानकका आधारमा ७० वर्षको आफ्नो औसत जीवनमा कार्बोहाइड्रेट ८ हजार १ सय ७२ किलो, चिल्लो २ हजार ४ सय २१ किलो, प्रोटिन २ हजार ७ सय २५ किलो तथा फलफूल र तरकारी ९ हजार ६ सय ८८ किलो खाना खाने गर्छ।

औसत हरेक मानिसले आफ्नो जीवनभरमा २२ हजार किलोग्राम अर्थात् दैनिक ८ सय ६१ ग्राम खाना खाने गर्छ। सन् २०२१ को एफडिएको अनुमानमा हरेक व्यक्तिले दैनिक औसत १ सय १३ ग्राम मासु खाने गर्छ।

यसको अर्थ उसले जीवनभरमा २ हजार ८ सय ८७ किलो मासु खान्छ। अन्दाजी ४४ किलो जिउँदो खसीले २० किलो फल मासु दिने हुँदा २ हजार ८ सय ८७ किलो मासु भनेको १ सय २५ वटा खसी हो। जिउँदो कुखुराको मात्र ३५ प्रतिशत फल मासु बस्ने हुँदा २ हजार ८ सय ८७ किलो मासु भनेको ३ हजार ५ सय वटा कुखुरा हो।

यौनिक रूपमा सक्रिय उमेरका पुरुषको मनमा दिनमा औसत १९ पटक र नारीको औसत १० पटक सम्भोगसुख प्राप्तिबारेको सोच जन्मने गर्छ। लगभग मानव अनियन्त्रित उक्त प्रकारको मनोवेगले यौनिक चाहना मानिसको स्वस्थ जीवनको अभिन्न भाग हुने गर्छ। मानव भौतिक, मानसिक र आध्यात्मिक सबलतामा सम्मानपूर्ण, सहभागितामूलक र अहिंसायुक्त आयुर्वेदिक सम्भोग सुखसँग गहिरो रूपमा जेलिएको छ।

स्खलनका बेला पुरुषको २ देखि ६ मिलिलिटर वीर्य स्खलित हुने भए तापनि व्यक्तिपिच्छे फरक दर भेटिने भएकाले पुरुषको औसत दैनिक ४ एमएल हाराहारीमा वीर्य स्खलन हुने गर्छ। उक्त अनुमानअनुसार पुरुषले जीवनभरमा औसत १०२ लिटर वीर्य स्खलन गर्ने तथ्याङ्क पाइन्छ।

नारीको हकमा औसत यौन स्नेही झोलको स्खलन १ देखि ५ एमएलसम्म हुने भए तापनि जीवनभरको औसत स्खलन ७४ लिटर हाराहारीमा सीमित रहन्छ। पुरुषमा एक किलो पाचन भएको सन्तुलित आहारको सार तत्वबाट पुरुषको मात्र १.५ एमएलदेखि आधा चिया चम्चा वीर्य निर्माण हुने देखिन्छ। नारीको हकमा भने दुई किलो पाचन भएको सन्तुलित आहारको सारतत्व १.५ एमएलदेखि आधा चिया चम्चा यौनस्नेही झोल निर्माण सम्भव बनिरहेको हुन्छ।

खानाको प्रशोधनमा हुने औसत ५८ प्रतिशत उपलब्धता र मानव मेटाबोलिजमको औसत ९० देखि ९६ प्रतिशत प्रभावकारितालाई समेत ध्यानमा राख्दा हरेक पटकको यौन सम्पर्कमा पुरुषले दुई किलो र नारीले चार किलो बराबरको तयारी खानाको सारतŒव खर्च गरिरहेको देखिन्छ। पुरुष र नारीको जीवनमा उनीहरूको यौनरस कति मूल्यवान रहेछ भन्ने अनुभूति गर्न यो तथ्याङ्कले सघाउँछ।

अधिक मासुजन्य सन्तुलित आहारले पुरुषमा अधिक मात्रामा वीर्य तथा नारीमा अधिक मात्रामा यौनस्नेही झोल निर्माण गर्छ। पुरुषको वीर्य अधिक गुणस्तरको हुन त्यसमा अधिक सङ्ख्यामा जीवित र बलिष्ठ शुक्रकीट रहन जरुरी छ।

नारीमा गुणस्तरयुक्त यौनस्नेही झोल भए मात्र त्यसले सम्भोग सहजीकरणमैत्री चिप्लोपन तथा शुक्रकीटमैत्री स्नेहीपन दिन सक्छ। हाम्रो अनुमानमा दसैंजस्ता वैदिक चाडबाडका वैदिक खानपान, बदाम, नट, पञ्चामृत, चामलको सेल रोटी, चिउरा, भुजा तथा आराधनामा लीन हुने जीवन पद्धतिले दिने आनन्दको सुधारमा पुरुषको वीर्य र नारी यौनस्नेही झोलको भूमिका झन्डै २० देखि ३० प्रतिशतसम्म हुने गर्छ।

वैदिक संस्कृतिमा आधारित रहेर नेपालमा मनाइने सबैभन्दा ठुलो र महत्वपूर्ण चाड हो दसैं। परिवारहरू एकसाथ उत्सव मनाउने, बाँडीचुँडी मिठो खाना खाने, भक्ति गर्ने, आफन्तबिच स्नेह साटी राम्रो लगाउने र मैत्रीभावले आशीर्वाद लिनेदिने चाड हो यो। मानव पोषण, यौन शक्ति निर्माण, भिटामिन मिनिरल जस्ता सूक्ष्म तत्वको आपूर्तिबाट गरिने पुनर्ताजगीको काइदा वैदिक परम्पराको दसैंको अत्यन्त आकर्षक पक्ष हो।

कुन परिकारले कति शक्ति दिन्छ?

(प्रति सय ग्राममा)

खसीको मासु

–शक्ति २५० किलो क्यालोरी

–उल्लेखनीय पोषणतत्व प्रोटिन, फ्याट, आइरन र भिटामिन बी–१२

कुखुराको मासु

–शक्ति १९० किलो क्यालोरी

–उल्लेखनीय पोषणतत्व प्रोटिन, फ्याट, आइरन र भिटामिन बी–१२

बाख्रा वा खसीको सेकुवा

–शक्ति २८० किलो क्यालोरी

–उल्लेखनीय पोषण तत्व प्रोटिन, फ्याट, आइरन र भिटामिन बी–१२

भेडाको मासुको सेकुवा

–शक्ति २६० किलो क्यालोरी

–उल्लेखनीय पोषण तत्व प्रोटिन, फ्याट, आइरन र भिटामिन बी–१२

सुँगुरको मासु

–शक्ति ३०० किलो क्यालोरी

–उल्लेखनीय पोषण तत्व प्रोटिन, फ्याट, आइरन र भिटामिन बी–१२

राँगाको मासुको तिहुन वा छोइला

–शक्ति तिहुनको २५० किलो क्यालोरी। छोइलाको ३०० किलो क्यालोरी

–उल्लेखनीय पोषण तत्व प्रोटिन, फ्याट, आइरन र भिटामिन बी–१२

सेल रोटी

–शक्ति २२० किलो क्यालोरी

–उल्लेखनीय पोषण तत्व कार्बोहाइड्रेट, प्रोटिन, फ्याट

कालो दालको बारा

– शक्ति १७० किलो क्यालोरी

– उल्लेखनीय पोषण तत्व कार्बोहाइड्रेट, प्रोटिन, फाइबर

योमरी

– शक्ति ३०० किलो क्यालोरी

– उल्लेखनीय पोषण तत्व कार्बोहाइड्रेट, प्रोटिन, फ्याट

आलु तरकारी

–शक्ति १०० किलो क्यालोरी

–उल्लेखनीय पोषण तत्व कार्बोहाइड्रेट, फाइबर, भिटामिन सी।

बासमती चामलको भात

–शक्ति १३० किलो क्यालोरी

–उल्लेखनीय पोषण तत्व कार्बोहाइड्रेट

मौसम अनुरूपको तरकारी

–शक्ति ७०–१०० किलो क्यालोरी

–उल्लेखनीय पोषण तत्व कार्बोहाइड्रेट, फाइबर, भिटामिन, खनिज

ताइचिन चिउरा

–शक्ति ३५० किलो क्यालोरी

–प्रति सय ग्राममा कार्बोहाइड्रेट ८० ग्राम, प्रोटिन ७ ग्राम, चिल्लो ०.५ ग्राम, फाइबर २

ग्राम, फलाम २.५ मिलिग्राम, भिटामिन बी–६ ०.१ मिली ग्राम

दालको भुजिया, बारा

–शक्ति ३६० किलो क्यालोरी

–प्रति सय ग्राममा कार्बोहाइड्रेट ५५ ग्राम, प्रोटिन २० ग्राम, चिल्लो १ ग्राम, फाइबर १२ ग्राम, फलाम ७ मिलिग्राम, क्याल्सियम १८० मिली ग्राम

मानिसलाई खुसी राख्ने शरीरको प्रोटिन निर्मित केमिकल सारतत्वलाई खुसीको रसायन अर्थात् आनन्द प्रदायक रस भन्ने गरिन्छ। हाम्रो शरीरको न्युरोट्रान्समिटरहरू र हर्मोनहरूका रूपमा खुसी हर्मोन सेरोटोनिनले मुड, निद्रा र भोकको नियमन गर्छ।

 डोपामाइनले पैदा गर्ने आहार अनुभूतिले हामीलाई पुरस्कृत गर्दै आनन्द र प्रेरणाको भावना जागरुक गरिदिन्छ। इनडोरफिनले दुखाइ सन्चो गर्ने र धन्य मुडमा हामीलाई लगिदिन्छ।हाम्रो दसैंको चिउरा, दाल, बाख्राको मासु, कुखुराको मासु, केरा, नट, बदाम, भुजाजस्ता खानेकुरामा प्रशस्त ट्रिप्टोफान एमिनो एसिड भेटिन्छ, जसले सेरोटोनिनको उत्पादन गर्छ।

डोपामाइन बनाउने टाइरोसिन गाईको घिउमा प्रोटिनको ०.३ देखि ०.४ प्रतिशत, भैंसीको घिउमा प्रोटिनको ०.३ देखि ०.४ प्रतिशत, केरामा प्रोटिनको ०.१५ प्रतिशत, दुधबाट बनेका दही, पनिर, खुवा आदिमा प्रोटिनको ०.४ देखि ०.६ प्रतिशत पाइन्छ।

दसैंको सक्रिय र खुसी जीवनशैली, हिँडडुलको व्यायाम, तनावरहित भेटघाट, सामाजिक सम्पर्क, आराधना, ध्यान आदिले शरीरमा एन्डोर्फिन निर्माण गरिदिन्छ।

हाम्रो खानाका मसलाहरू जस्तैः खुर्सानीको क्यप्ससिन, बेसारको कक्र्युमिन, जिराको क्युमिन टरपिन र अल्डिहाइड, स्मृति प्रदायक केसरको कोरोसिन, पिक्रोकोरोसिन र साफ्रानोल, अदुवामा हुने जिन्जरोल, प्याजको कुरिसिटिन, लसुनको एलिसिन जस्ता हाम्रा घरेलु मसलाहरूमा एन्डोर्फिन निर्माण गर्ने औषधीय तत्व हुन्छन्।

खसीको मासुमा हुने प्रोटिनले लामो समय भोक दबाउने एजेन्टका रूपमा काम गर्ने हुँदा खाएको लामो समयसम्म भोक नलाग्ने भएकाले वजन नियन्त्रणमा मद्दत गर्ने गरेको भेटिएको छ।

एक छाकमा खाने खसीको मासुले हाम्रो शरीरलाई दैनिक जरुरी ३० प्रतिशत भिटामिन–बी पूर्ति गरिदिन्छ। बी समूहका भिटामिनहरू (बी–१, बी–२, बी–३, बी–९, बी–१२), भिटामिन–ई, भिटामिन–के, प्रोटिन, प्राकृतिक बोसो आदि बाख्राको मासुमा हुने विशेष प्रकारका औषधीय मूल्यका तत्व हुन्। भिटामिन बी–१२ शरीरमा स्वस्थ रातो रक्त कोषहरू उत्पादन गर्न अनिवार्य हुन्छ।

भिटामिन बी–१२ ले मानिसमा तनाव घटाउन तथा डिप्रेसन कम गर्न मद्दत गर्छ। रातो मासुमा पर्ने भए तापनि भरिलो, ओभानो, स्वादिष्ट खसीको मासुको पक्वान्न बजारमा चर्चा हुने जस्तो ज्याद्रो हानिकारक छैन।

खसीको मासुमा हुने बी–समूहका भिटामिन, सेलेनियम र कोलिनको संयुक्त उपस्थितिले क्यान्सरजस्ता प्राणघातक रोगविरुद्ध ढालको काम गर्ने गर्छ। बाख्राको मासुमा पाइने विभिन्न प्रकृतिका कन्ज्युगेटेड लिनोलिक एसिडले क्यान्सरग्रस्त सेल विकास हुनबाट रोकिदिन्छ।

फलामको साथमा रहेको जिंकले शरीरको प्राकृतिक प्रतिरक्षा प्रणाली विकास गर्न मद्दत पुर्‍याउँछ। यौन सम्बन्धका हर्मोनहरू कम सक्रिय बनिदिएर यौनिक गतिविधिमा समस्या परेका पुरुष वा महिलाहरूमा बाख्राको मासुमा पाइने टारपिडो (खसीको यौन अंग) र पित्तले यौन शक्ति पुनर्बहालीमा सहयोग गर्ने गरेको भेटिएको छ। शक्ति पुनर्बहालीले महिलाहरूको शरीरमा फलामको पुनः प्राप्तिमा मद्दत गरी मासिक धर्म हुने बेला दुखाइ कम गर्न सहयोग पुर्‍याएको भेटिन्छ।

भुटनका रूपमा प्रयोग हुने तोरीको तेल मुटु स्वस्थ राख्न, दाँत र दम रोगको उपचार गर्न, मसाजका लागि, शारीरिक प्रतिरक्षा, डिटक्सिफायर, रक्त सञ्चार सुधारक, छालाको स्वास्थ्य, कपालको स्वास्थ्य, एन्टी–इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल, एन्टिफंगलजस्ता धेरै गुणयुक्त छ।

अधिक सेचुरेटेड फ्याट्टी एसिड हुने भए तापनि ८९ प्रतिशत छोटो चेन हुने फ्याट्टी एसिडबाट निर्मित हुने घिउको चिकित्सकीय रूपमा प्रमाणित बनेको कोलेस्ट्रोल अक्साइड नहुने गुण, पचाउन सजिलो हुने, हर्मोन उत्पादनमा सहयोगी हुने, कोषिकाका झिल्ली बलिष्ठ बनाउने र मुटुको रोग घटाउन सहयोग गर्ने क्षमताले दसैंको खाना वर्षको एक पटक खानु उत्कृष्ट भेटियो।

मासुसँग खाइने चिउरा र भुजाले आवश्यकताअनुरूपको फाइबर र मनोवैज्ञानिक सबलता दिने हुनाले खानाका रूपमा समग्र दसैंको परिकारलाई परिवर्तन गरिदिएको छ।

 मासु भात, मौसमी तरकारी र अन्य वैदिक परिकारले दसैंको माहोल सांस्कृतिक र आध्यात्मिक मात्र नभएर पोषण, स्वास्थ्य र मनोविज्ञानको कायाकल्पमा समेत सहयोग पुर्‍याउने वैदिक महान् चाड बनेको छ, दसैं।

–अथर्ववेदमा विद्यावारिधि घिमिरे क्यानडामा खाद्य तथा औषधीविज्ञका रूपमा कार्यरत छन्।

प्रकाशित: ४ कार्तिक २०८० ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App