२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

आठ घण्टा निद्रा पुर्‍याउने होड

यस्तो पनि!

तपाई राति सुत्नुहुन्छ तर सुताइलाई  खेलमा परिण गयो भने  के होला?

हामी राति सुत्नु भनेको शरीरमा ऊर्जा भर्नु हो। बिहान तरोताजा हुनु हो। तर तपाईं सुतिरहँदा कति घण्टा सुत्नुभयो, त्यसको मापन गर्न थालियो भने सुताई आनन्दका लागि मात्र नभएर खेलमा पनि परिणत हुन थाल्छ।

यस्तै खेलमा परिणत गर्नेहरू पछिल्लो समय बढिरहेका छन्। यस्ता एक उदाहरण लस एन्जलसका एक लेखक पनि हुन्। उनले आफ्नो सुत्ने दिनरात नियाल्न एउटा घडी बाँध्ने गर्छन्। घडीले निद्रा पूरा भए नभएको जानकारी हरेक बिहान दिनु उनका लागि सबैभन्दा सुन्दर क्षण भएको बताउँछन्।

पर्फमेन्स साइकोलजिस्ट माइकल गर्भिस भन्छन्, ‘यही घडीका कारण अचेल कम्तीमा सातदेखि आठ घण्टा निद्रा पुर्‍याउन आफू आतुर हुने उनको भनाइ छ। पहिले उनका साथीहरू सबैभन्दा कम को सुत्ने र जम्मा साढे पाँच घण्टा सुतेर समयमै उठेकामा गर्व गर्नेहरू पनि अचेल सकेसम्म आठ घण्टा निदाउन उत्कट छन्।’

अचेल निद्रा पुग्ने गरी कोही सुत्यो कि सुतेन भन्ने नाप्ने मोबाइल एपसमेत बनेको छ, पोकेमोन स्लिप नाउँमा। गएको जुलाईमा महिनामा मात्र बजारमा ल्याइएको सो एप अहिले संसारभर एक करोड पटक डाउनलोड भइसकेको छ। यसले पनि मानिसहरू आफ्नो निद्राप्रति चिन्तित हुन थालेको जनाउने विज्ञ बताउँछन्।

निद्राको पनि चक्र हुन्छ। यो एपले सो चक्र राम्रोसँग पूरा भयो कि भएन भन्ने जाँच्छ। यसले केही कडा चुनौती पनि दिने भएकाले एपसँग तालमेल मिलाउन मान्छेलाई हम्मे पर्छ। यही प्रतिस्पर्धीपनाका कारण यसको लोकप्रियता बढेको हो। त्यसो त निद्रा नियाल्ने एप अरू पनि छन्। औरा रिङलाई भने मासिक तीन सय डलर तिर्नुपर्छ।

यस्ता एपले तपाईंलाई दिने नम्बरले तपाईं उत्तीर्ण वा अनुत्तीर्ण भएको थाहा हुन्छ। यसले तपाईंलाई दबाब दिइरहन्छ। वैज्ञानिकहरूले सुताइसम्बन्धी समस्यालाई नयाँ शब्द दिएका छन्, थोसोमनिया अर्थात् निद्राअल्पता।

पछिल्लो समय निद्रा पुगेर भनेर चिन्ता बढाउनेहरूप्रति भने निद्राविज्ञ डा. एरिक प्राथर चिन्तित छन्। हामी निद्राप्रति यति धेरै आशक्त पनि हुन जरुरी छैन। उनी भन्छन्, ‘व्यक्तिअनुसार निद्रा कम वा बेसी चाहिन सक्छ। बढी सुत्ने भन्नेबित्तिकै साढे आठ घण्टा पुर्‍याउनुपर्छ भन्ने छैन।’

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ५ आश्विन २०८० ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App