२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आफूमाथि भइरहने कुटपिटकाे विराेध गर्दै सामाजिक सञ्जालमा तातिए चिकित्सकहरू

हेडौँटामा चिकित्सकमाथि भएको कुटपिटको घटनाले यतिबेला सामाजिक सञ्जाल तातेको छ। दुईजना चिकित्सकमाथि भएको आक्रमणका कारण नेपालमा चिकित्सकहरूको ज्यान असुरक्षित रहेको र सम्बन्धित निकायले कुनै चासो नदिएको भन्दै सामाजिक सञ्जालमा चिकित्सकहरूको आक्रोश देख्न सकिन्छ।  

यो घटना भने नौलो होइन। यसअघि पनि बेलाबेलामा चिकित्सकमाथि आक्रमण भएका छन्। आगामी दिनमा पनि होला भन्ने डर छ। त्यसकारण आफ्नो ज्यानको सुरक्षा पाउन भनि चिकित्सकहरू माग गरिरहेका छन्।

घटना घटेको २४ घन्टाभित्रमा चिकित्सकहरूको हकहितका लागि भन्दै बनेका विभिन्न सङ्घसङ्गठनको मौनताले चिकित्सकहरूमा बढी आक्रोश देखिन्छ।  

घटनाका पीडित डा.प्रशान्त बिडारीका अनुसार प्रहरीको संरक्षणमा दोषीहरू रहेकाले आफूहरू असुरक्षित महसुस गरिरहेका छन्। बिना कुनै कारण सुनियोजित तरिकाले आफूहरूमाथि कुटपिट भएको र आगामी दिनमा काम गर्ने वातावरण नै नभएको उनको भनाइ छ।

हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशासन्त बिडारी ड्युटीमा खटिरहेका बेला केही व्यक्तिहरूको समूहले साङ्घातिक आक्रमण गरे। आक्रमण यसरी गरियो की डा.थापाको अनुहारमा गम्भीर चोट लागेको छ। अनुहारको हड्डी नै भाँचिएका कारण शल्यक्रियाका लागि डा.थापा काठमाडौँमा छन्।  

सामाजिक सञ्जालमा विभिन्न विधाका चिकित्सकहरूले पोखेका आक्रोश यस्ता छन्ः 

 

प्रकाशित: २९ भाद्र २०८० ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App