१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

७ बजे ७ प्रदेश: डाक्टर कुटपिट गर्ने चारजना पक्राउ

हेटौंडाको सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गरेको घटनामा संलग्नमध्ये ४ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार सञ्चो अस्पतालका डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीलाई पदमपोखरीको एक समूहले हस्पिटलमै कुटपिट गरेका थिए। सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले हेटौंडा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई नियन्त्रणमा लिएको हो।

करिब एक महिना अघि हेटौंडा १२ का ४१ वर्षीय राजेश प्रधानको डेंगु संक्रमणबाट मृत्यु भएको थियो। सो घटनामा डाक्टरहरुले लापरबाही गरेको भन्दै पदमपोखरीको एक समूहले डाक्टरहरुलाई कुटपिट गरेका हुन्। डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यसअघि उनले सञ्चो हस्पिटलमा उपचार गराएका थिए। घरमै आराम गर्ने भनेर गएका उनको साउन २५ गते मृत्यु भएको थियो। पक्राउ परेकाहरु मृतक प्रधानकै श्रीमति, छोराछोरी र भतिजो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

कुटपिटमा संलग्नहरुले प्रहरीकै सामु ज्यान मार्नेसम्मको धम्की समेत दिएपछि डाक्टरहरुले आन्दोलनको घोषणा गरेका थिए। प्रहरीले घटनामा संलग्नलाई कारबाही नगरेको भन्दै चौतर्फी आलोचना भएको थियो। कुटपिटमा परेकासहित अन्य डाक्टरहरुले समेत सुरक्षित तवरले काम गर्ने वातावरण नभएको भन्दै हेटौंडा छोड्ने चेतावनी दिएका थिए।

घटनाको विषयलाई लिएर स्वास्थ्यकर्मीसँग सम्बन्धित विभिन्न संघसंस्थाले विज्ञाप्ती जारी गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए। कुटपिटमा संलग्नहरुले मकवानपुर प्रहरी प्रमुख ९प्रहरी उपरीक्षक० सिताराम रिजालकै सामु ज्यान समेत लिने धम्की दिएको भन्दै चिकित्सकहरु सामुहिक राजीनामा दिने चेतावनी दिएका थिए।

प्रकाशित: २८ भाद्र २०८० १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App