२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बाजुरामा सरुवा रोगको संक्रमण बढ्यो

वर्षायाम सुरु भएसंगै जिल्ला अस्पताल बाजुरामा विरामीको संख्या बढ्न थालेको छ। मौसम परिवर्तनसँगै अस्पतालमा विभिन्न रोगका विरामी उपचारमा आउने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।

उपचारका लागि स्क्रब टाइपस, मलेरिया र डेङ्गु झाडापखाला, आँखा पाक्ने लगायतका विरामी उपचारमा आउने गरेका छन्। एक महिनाको अवधीमा अस्पतालमा ९ जना स्क्रब टाइपसका विरामी उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी नृपराज गिरी जानकारी दिए।

साउनको महिनामा मात्रै अस्पतालमा ९ जना स्क्रब टाइपस, १ जना मलेरिया र २ जना डेङ्गु संक्रमित र आँखा पाक्ने रोगका विरामी  विरामी उपचार गर्न आउने गरेका छन्। बाजुरामा डेंगुको उच्च संक्रमण बढेको छ। बुढीगंगा नगरपालिकामा मात्रै १० जना डेंगुका विरामी देखा परेका छन्।

स्क्रब टाइपस रोग जुम्राजस्तै एक प्रजातीले टोकेपछि उक्त रोग लाग्ने गर्छ। स्क्रब टाइपस रोग एक सरुवा रोग हो। स्क्रब टाइपस भएका विरामीलाई ज्वरो आउने, ढाड दुख्ने खान मन नलाग्ने वाकवाकी लाग्ने लगायतका लक्षण देखिने डाक्टर चेतबहादुर धामीले बताएका छन्।

यस्तै मलेरिया र डेङ्गु लामखुट्टेको टोइकाबाट सर्ने गर्दछ। गर्मीयाममा घर आगन अगाडी फोहर हुने र खालड पारएको ठाउँमा पानी जमेको ठाउँमा लामखुट्टे हुने र त्यही लामखुट्टेले टोकेपछि स्क्रब टाइपस, मलेरिया र डेङ्गु रोग लाग्ने गरेकोले विशेष गरि सरसफाइमा ध्यान दिन जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर जोशीले बताए। 

बजार क्षेत्र र फोहर बढी हुने क्षेत्रमा डेंगु सङ्क्रमण फैलिने गरेको छ। यसका लागि मार्तडी, कोल्टी र बाम्का बजार क्षेत्रमा उच्च जोखिम रहेको छ। सदरमुकाम मार्तडी र कोल्टीमा भने विशेष सर्तकता अपनाउनु पर्ने आवश्यक रहेको चिकित्सको सुझाव छ।

प्रकाशित: १ भाद्र २०८० ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App