२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

वराहक्षेत्रमा डेङगु रोकथाम अभियान सुरु

 सुनसरीको वराहक्षेत्र नगरपालिकामा डेङ्गु रोगका बिरामी देखा पर्न थालेपछि रोकथाम अभियान थालिएको छ । वराहक्षेत्रका ११ वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोय ( खोज नष्ट गर ) अभियान सुरु गरेको हो।

 बिहीबार बिहान ११ वटै वडाका स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरि अभियान सुरु गरेको हो। स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक उमेश मेहताका अनुसार ‘सर्च एण्ड डिस्ट्रोय’ कार्य डेङ्गु नियन्त्रणको उत्तम उपाय भएकोले अभियान सुरु गरिएको हो।

सबै वडालाई अभियान सुरु गर्न परिपत्र गरेर ‘सर्च एण्ड डिस्ट्रोय थालिएको नगर प्रमुख रमेश कार्कीले बताए । डेङ्गु नियन्त्रणको लागि प्रभावकारी उपाय लार्भाको वासस्थान खोजी र नष्ट गर्ने र लाम खुट्टे नष्ट गर्ने विषादी समेत छर्ने काम भईरहेको नगर प्रमुख कार्कीले बताए।नगरपालिकाले डेङ्गु रोगको परीक्षण वराहक्षेत्र नगर अस्पतालमार्फत निःशुल्क गर्ने गरेको छ। 

प्रकाशित: ४ श्रावण २०८० १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App