१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

तराईमा गर्मी बढेसंगै नारायणी अस्पतालमा बढ्यो बिरामीको चाप

फाइल तस्बिर

गर्मी बढेसंगै वीरगंजको नारायणी अस्पतालमा अहिले बिरामीको चाप पनि ह्वातै बढेको छ। तराईका जिल्लाहरुमा केहि दिनदेखी गर्मी बढेसंगै नारायणी अस्पतालमा पनि बिरामीको संख्या बढ्न थालेको अस्पतालले जनाएको छ।

गर्मीकै कारण अहिले बढी झाडापखाला, फुड पोइजनिङ्ग, भाइरल ज्वरो, सर्प दशंका बिरामी उल्लेख्य संख्यामा बढेको अस्पतालले जनाएको छ। सबैभन्दा बढी झाडापखाला र उच्च ज्वरोका बिरामी रहेको अस्पतालले जनाएको छ। अन्य समयमा ६ सय सम्म बिरामी आउने नारायणी अस्पतालमा अहिले एक साताभित्रमा बिरामीको संख्या दिनको ८ सय भन्दा बढी थालेको नारायणी अस्पतालका प्रवत्ता तथा सुचना अधिकारी अधिकारी डा. उदय नारायणी सिंहले बताए।

सिंहले भने,'अहिले ओपिडि तर्फ बिरामीको संख्या बढेको छ, औसत ५ देखी ६ सय हुनेमा अहिले ८ सय भन्दा बढी बिरामी पुग्न थालेका छन्, त्यस्तै आकस्मीक विभागमा पनि १ सय १० भन्दा बढी बिरामी गर्मीका कारण बढेका छन्।'

डा. सिंहका अनुसार उच्च ज्वरोका बिरामी औसतमा दिनको १५ जना सम्म आउने गरेका छन् भने झाडापखालाका बिरामी दिनको ८ देखी १० जना,सर्पदंसका दिनको २ देखी ३ जना सम्मआउने गरेका छन्। ओपिडिमा नियमित चेकजाचका लागी आउने दिर्घरोगीहरुको संख्या पनि गर्मीले गर्दा बढेर ८ सय भन्दा माथी बिरामीको चाप बढेको उनले बताए। गर्मीका कारण पानीको अभावले डिहाइडे«सन भएर ब्लड प्रेशर कम भएका बिरामी पनि अहिले बढेको उनले बताए।

'अहिले अस्पतालमा बिमित्त बिरामीको सख्यापनि बढेको छ, अहिले दिर्घरोगी देखीलिएर गर्मीमा छालाको समस्यापनि बढ्ने गरेकाले बिरामीको सख्या बढेको छ, डा.सिंहले भने।

गर्मीका कारण गर्भवति महिलाहरुमा पनि समस्या देखीएकाले गाइनो सेवामा पनि बिरामीको चाप बढेको उनको भनाइ। उनका अनुसार बालबालिकासँगै वृद्धवृद्धामा समेत सबै वर्गका बिरामीमा अहिले यस्तो समस्या देखीएको छ।

गर्मीयाममा झाडापखाला, फुड पोइजनिङ्गको समस्या

गर्मीमा तराइमधेशमा अन्य मौसमको तुलनामा झाडा पखाला र फुड पोइजनिङ्गको समस्या बढी देखीने गरेको डा. सिंह बताउँछन्। खासगरी यस्तो समस्या ग्रामीण भेगका मानिसमा बढी देखीने गरीएको उनले बताए। खानालाइ सहि तापक्रममा राखीएन भने छिटो बिग्रीने र बासीखाना, दुषित पानीको सेवनले फुड पोइजनिङ्ग हुने उनले बताए।  

गाउँघरमा खानालाई स्टोर गरेर राख्ने साधन, फ्रिजहरु जस्ता उपकरणको कमीले गर्दा यस्तो समस्या हुने गरेको देखीन्छ। खाना ताजा खानु पर्छ बासी सडेगलेका खानु हुदैन जस्ता अशिक्षाको कमीले गर्दा पनि झाडापखाला र फुड पोइजनिङ्गको समस्या हुने गरेको डा. सिंहले बताए।

गर्मी बढेसँगै तातो हावा चल्न थालेकाले शर्तकता अपनाउन पनि चिकित्सकको सुझाव छ। अहिले“लु” का बिरामी नारायणी अस्पतालमा आएका छैनन् तर गर्मी यसै गरी केहि दिन अझ रहने हो भने सम्भावना रहेको डा. सिंहले बताए।  

सिंहले भने,'लु लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ। तराईका जिल्लामा गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लु’ लाग्नु भनिन्छ। यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मूच्र्छा पर्ने वा बेहोस हुने हुन्छ। लु लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रीन्छ।'

गर्मीबाट अहिले बढी खुल्ला आकाशमुनी काम गर्ने मजदुर, रिक्सा चालक तथा किसानहरु बढी प्रभावित भएका छन्। लु जस्ता रोगबाट बच्न अहिले पर्याप्त मात्रामा झोलीलो पदार्थको सेवन गर्ने ,बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने सिंहले बताए। त्यस्तै घाममा दिनभरी काम गर्ने मजदुरहरुले काम गर्दै बेला बेलामा शितल छाहारीमा गएर बस्ने, गर्मी अनुकुल लुगा लगाउने डा. सिंहको सुझाव छ।  

प्रकाशित: १९ जेष्ठ २०८० ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App