४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

क्यान्सर ग्लोबल ओन्कोलोजी युवा अन्वेषक पुरस्कार नेपाली डाक्टर दुलाललाई

पचास हजार अमेरिकी डलर राशिको 'क्यान्सर ग्लोबल ओन्कोलोजी युवा अन्वेषक पुरस्कार २०२३', नेपाली डाक्टर सोनिया दुलालले पाएकी छिन्।

डा.दुलालले अध्ययन गर्न पेश गरेको 'नेपालका विभिन्न जातीय समूहका महिलाहरूमा स्तन क्यान्सरको जीन सम्बन्धी अध्ययन' शीर्षकको अनुसन्धानको लागि उक्त पुरस्कार पाएकी हुन्।

उक्त पुरस्कार कन्क्यूर क्यान्सर फाउण्डेशनको तर्फबाट अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजीले प्रदान गर्दै आइरहेको छ।

डा. दुलाल उत्कृष्ट एब्स्ट्र्याक्टका लागि कन्क्यूर क्यान्सर फाउन्डेसन, अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी अवार्ड प्राप्त गर्ने पहिलो नेपाली विद्यार्थीको रुपमा मेडिकल ओन्कोलोजिस्ट समेत रहेकी छिन्।

नेपाली महिलाहरूकाे स्तन क्यान्सरको जीन सम्बन्धी विषय अन्तराष्ट्रिय स्तरमा पुर्याउन पाएकोमा आफूलाई खुशी लागेको दुलाल बताउँछिन्।

दुलाल नेपाल सरकारको वीर अस्पतालबाट पूर्ण छात्रवृत्तिमा मेडिकल ओन्कोलोजिस्टमा विद्यावारीधि गर्ने ओन्कोलोजिस्ट मध्येकी एक हुन्। 

उनी क्यानडाको प्रिन्सेस मार्गरेट क्यान्सर सेन्टरमा फोक्सोको क्यान्सरको उपचार पद्धति सम्बन्धी अध्ययन,टेक्निकल फेलोशिप अवार्ड २०१९ प्राप्त गर्ने (पहिलो विद्यार्थीकै रुपमा प्राप्त गर्ने) मेडिकल ओन्कोलोजिस्ट समेत हुन्।

प्रकाशित: १९ जेष्ठ २०८० ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App