१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

खैनी चुरोट छोड्न चाहनेलाई वीर र भक्तपुर क्यान्सर अस्पतालमा ‘निकोटेक्स’

तपाईँ चुरोट, खैनी, सुर्ती या गुट्खाको लतमा हुनुहुन्छ ? यी हानिकारक पदार्थको लतबाट छुटकारा पाउन सकिरहनु भएको छ? पाउनु भएको छैन भने अब धेरै चिन्ता गर्नु पर्दैन। नेपालमा वीर अस्पताल र भक्तपुर क्यान्सर अस्पताले धुमपानको लत छुटाउन सहयोग गर्नेछन्। विश्व सुर्तीजन्य पदार्थ सहित दिवसको अवसरमा द्वय अस्पतालहरूले यो सेवा सुरु गरेका हुन्।

सुर्तीजन्य पदार्थको लत लागेका तर छोड्न चाहेका व्यक्तिहरूको लागि यो सेवा दिइनेछ। यो सेवा अन्तर्गत लत छोड्न चाहेका व्यक्तिहरू वीर तथा भक्तपुर क्यान्सर अस्पतालमा पुगेपछि अन्कोलोजी विभागको सुर्तीजन्य पदार्थ छोड्ने युनिटले यो सेवा प्रदान गर्छ।

सुर्तीजन्य पदार्थ छोड्न चाहेकाहरूलाई सुरुमा परामर्श दिने र ६ सातासम्म निगरानीमा ‘निकोटेक्स’ नामक चुइँगम जस्तै निकोटिन सहितको पदार्थ मुखमा खैनी च्यापेजस्तै च्याप्न सिकाइन्छ।

लगातार १२ सातासम्म निकोटेक्स सेवन गरेपछि उनीहरूको सुर्ती, खैनी र चुरोटको लत छुट्छ। त्यसपछि उनीहरुले लामो समयदेखि लागेको लत छुट्छ। कतिपयलाई भने निकोटक्स गमको साथै औषधी पनि दिनु पर्ने हुन्छ। थप औषधी भने चिकित्सकको निगरानीमा मात्र खुवाउन सकिने वीर अस्पताल अन्कोलोजी विभागका प्रमुख  डा. आचार्यले बताए। मान्छे आफ्नै इच्छाले यो लत छुट्नमा सहयोग हुने चिकित्सक बताउँछन्।

विश्व स्वास्थ्य संगठनले नमुना परियोजनाको रुपमा सुरु गरेको यो कार्यक्रम  प्रभावकारी भएपछि सुर्तीजन्य कर कोषवाट यो कार्यक्रम जारी राख्ने लक्ष्य रहेको वीर अस्पताल अन्कोलोजी विभागका प्रमुख डा. विवेक आचार्यले बताए। यो औषधी अस्पताल बाहेक निजी क्षेत्रबाट पनि किनेर खान सकिन्छ। किनेर खान नसक्नेलाई अस्पतालले उपलब्ध गराउनेछ। यो औषधी अन्कोलोजी विभागमा मात्र नभएर हरेक बहिरङ्ग विभागमा यो सेवा हुने हो भने धेरैको पहुँचमा सेवा हुने डा. आचार्य बताउँछन्।

निकोटेक्स थेरापी कार्यक्रमको पहिलो दिन चार जनाले यो सेवा लिएको वीर अस्पतालकी नर्सिैङ विभागकी प्रमुख संंगिता श्रेष्ठले बताइन्। थप व्यक्तिहरुले पनि निटोक्स प्रयोग गर्ने पर्खाइमा रहेको उनले जानकारी दिइन।

विश्व स्वास्थ्य संगठनको सहयोगमा नमुना कार्यक्रमको रुपमा सुरु भएको यो सेवा कार्यक्रम प्रभावकारी भएमा नेपाल सरकारले निरन्तरता दिने लक्ष्य रहेको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. बिष्णुदत्त पौडेलले बताए।

प्रकाशित: १८ जेष्ठ २०८० १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App