सरकारले सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ। वि.स. २०८१ वैशाख १ गतेदेखि वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउने भन्दै सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न बन्देज लगाएको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अब सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्नु पर्ने घोषणा गरेका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८० १९:३६ सोमबार