८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

स्वास्थ्य विमा कार्यक्रम पुनरावलोकन गर्ने सरकारको घोषणा

सरकारले स्वास्थ्य विमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने पनि उल्लख गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सो नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गर्ने बताए।

नीति तथा कार्यक्रममा अशक्त, असहाय, र ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर आधारभूत स्वास्थ्यसेवा प्रदान गर्ने भनिएको छ।

राष्ट्रपति पौडेलले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकका पहुँच स्थापना गरिनेछ। स्वास्थ्य विमा कार्यक्रमको पुनरावलोकन गरिनेछ। प्रदेश स्तरमा सेन्टर फर एक्सिलिएन्सको रुपमा र राष्ट्रिय तथा प्रदेश स्तरमा टेलिमेडिसिन स्थापना गरिनेछ। प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण उपचार सहितको स्वास्थ्य केन्द्र स्थापना गरिनेछ। अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य प्रदान गरिनेछ। आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिइनेछ। संक्रमक रोगविरुद्ध अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम संचालन गरिनेछ।’

प्रकाशित: ५ जेष्ठ २०८० १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App