३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

हावाहुरीले सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको छाना उडायो, स्वास्थ्य सेवा प्रभावित

हावाहुरीले छाना उडाएको सामुदायिक स्वास्थ्य इकाईको भवन। तस्बिर गोल्डेन बुढा/जुम्ला

शनिबार दिउँसो आएको हावाहुरीका कारण सिंजा गाउँपालिका-६ भाडगाउँमा अवस्थित सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको जस्ता छाना उडाएको छ। 

छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीय युवा चक्रबहादुर रावतले बताए। चार कोठे भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा भएका स्वास्थ्य जाँच गर्ने उपकरण तथा औजारमा पनि क्षति हुनाका साथै केही उपकरण पनि उडाएको छ। 

दुई काटा, दराज ड्रेसिङ गर्ने उपकरण,बस्ने डेस्क बेन्च फुटेको स्वास्थ्य इकाईका अहेव राजु भण्डारीले बताए। अहिले नजिकैको सहकारीको भवनमा लिजमा लिएर सेवा प्रवाह भइरहेको उनले जनाए। हावाहुरीबाट ७ लाख बराबर उपकरण क्षती भएको बताइएकाे छ। छाना मर्मतसहित अन्य उपकरणको व्यवस्था मिलाइदिन उनले आग्रह गरेका छन् । स्वास्थ्य चौकीको छानो उडाएपछि कार्यालय भित्रै पानी पसेको छ। अत्यावश्यक सामानहरु समेत पानीले भिजाएको छ। स्वास्थ्य चौकीको छानो उडाएपछि रिपोर्ट वडामा दिइएको छ।

प्रकाशित: ३ जेष्ठ २०८० ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App