ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाकामा बिहीबार गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पालिकाले बिहीबार एन्टीजेन विधिबाट परीक्षण गरेको थियो। एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण देखिएको जानकारी आफूहरूलाई प्राप्त भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख योगराज घिमिरेले जानकारी दिए।
पालिका अध्यक्ष दीपेन्द्र(पोमू)दीपेनले सामाजिक सञ्जालमार्फत जनस्वास्थ्य सुरक्षाका उपायहरूको अनिवार्य प्रयोग गर्न र सावधानी भइदिन सबैलाई आग्रह गरेका छन्। यसअघि जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम रहेको भन्दै जनस्वास्थ्य सुरक्षाका उपायहरूको अनिवार्य प्रयोग गर्न र आवश्यक काम बाहेक भरसक घरभन्दा बाहिर नजान आग्रह गरेको थियो।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सरोकारवालाको बैठक बोलाएर सबैलाई सचेत र सावधानीका लागि आग्रह गरेकी थिईन्।
प्रकाशित: ७ वैशाख २०८० १५:११ बिहीबार





